माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताउनुभएको छ।
स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटर नगदसहित सम्मानित
युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।
जाडो छल्न आइपुगे आगन्तुक चरा
नवलपुरको नारायणी नदी आसपासका क्षेत्रमा यति बेला जाडो छल्नका लागि विभिन्न किसिमका चरा आइपुगेका छन् ।
तनहुँमा जाडोमा पनि रोकिएन डेंगु सङ्क्रमण
जाडो मौसम सुरु भएपनि तनहुँमा डेंगु सङ्क्रमण कायमै छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिरहेको छ । जिल्लामा पाँच हजारभन्दा बढीमा डेंगुकाे सङक्रमण पुष्टी भइसकेको छ ।
पृथ्वी रार्जमागको पूर्वीखण्डमा दोस्रो चरणको कालोपत्र सुरु
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ ।
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन ।
ताल र हिमाल
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित किलिन लेक र लेक (ताल)मा देखिएको अन्नपूर्ण दोस्रो हिमालको छायाँ ।
मानुङकोट
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य । कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।
बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित
भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।
आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन
खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन
गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा रु १० लाख कम भेटी सङ्कलन भएको छ ।
‘सानो आँधीमूल’लाई पर्यटकको खाँचो
बन्दीपुर गाउँपालिका –५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्नसके आन्तरिक मात्र होइन, बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ।
आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।
पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस
म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् ।
परम्परागत रुपमा भण्डारण गरिएको मकै
म्याग्दीको बेनी नगरपालिका– ढावामा परम्परागत शैलीबाट थाक्रो बनाएर भण्डारण गरिएको मकै । मकैलाई घुन, किरा, मुसाबाट जोगाउन तथा सुकाउनका लागि ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन रहेको छ ।
म्याद नाघेका सामग्रीले उपभोक्ता हैरान
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नागीमा मङ्गलबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री नष्ट गरिँदै । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा ७ र ८ नम्बर वडाका ३६ वटा पसल अनुगमनका क्रममा भेटिएको करिब रु ५१ हजार ९४० बराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको हो ।
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुँजीगत खर्च बढाउने उपाय खोज्दै गण्डकी सरकार
बर्सेनि खर्च गर्ने क्षमता नै कम र त्यसमा पनि पुँजीगत खर्च निकै कमजोर भएपछि गण्डकी सरकारले यो समस्या समाधान गर्ने उपाय खोजी थालेको छ।
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बारपाकमा एक घर जलेर नष्ट
गोरखाको बारपाकमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
सामाजिक विकास कार्यालय नवलपुरले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको हो ।
निर्माण भएको छ महिना पुरा नहुँदै भासियो मुग्लिन-पोखरा सडक
पृथ्वीराजमार्ग मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले यहाँ निर्माण गरेको सडक छ महिना पुरा नहुँदै भत्किएको छ ।
एक महिनाभित्रै औषधीको मूल्य समायोजन गर्छौँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ ।
मनाङमा सय मिटर पक्की रेलिङ निर्माण
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) ले दानाक्यु र तिमाङबिचमा पर्ने उकालोमा सय मिटर पक्की रेलिङ निर्माण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरिएको एक्यापले जनाएको छ ।