• ७ मंसिर २०८१, शुक्रबार

स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटर नगदसहित सम्मानित

blog

सम्मानपछि खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर ५ गते । युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।

भीरकोटमा कार्यालय रहेको खुमा फाउण्डेशनले बुधबार पुतलीबजार नगरपालिका–१ की ज्योत्सिना मरासिनी, १३ की सीमाना केसी र कुसुम गोदारलाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । 

फाउण्डेशनले आफ्नो छैटौँ वार्षिक उत्सवका अवसरमा भीरकोट नगरपालिका–७ मा गरिएको सम्मान कार्यक्रममा स्याङ्जा क्षेत्र नं–१ का सङ्घीय सांसद राजु थापाले नगदसहित सम्मान गर्नुभएको हो । 

सम्मान गर्दै थापाले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताउनुभयो । गण्डकीका चारमध्ये स्याङ्जाका तीन खेलाडीले सन् २०२५ जनवरी १८ देखि फेबु्रअरी २ तारिखसम्म मलेसियामा हुने विश्वकप खेल्ने अवसर बनाएका थिए ।

सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यु–१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको हो । स्थापना भएको  ६ र्ष पुगेको फाउण्डेशनले यहाँ स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।