• ७ मंसिर २०८१, शुक्रबार

बारपाकमा एक घर जलेर नष्ट

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ४ गते । गोरखाको बारपाकमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–२ बारपाकमा मंगलबार बिहानको समयमा ओम बहादुर घलेको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगोले घरमा रहेका लुगा, कपडा, अन्नपात, भाँडाकुँडा र नगद रु ७० हजार जलेर नष्ट भएको छ । आगलागी करिब २ घण्टापछि मात्रा बारपाक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्र बहादुर कार्कीको कमान्डमा ४ जना प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रकमा लिइएको थियो । 

आगलागीबाट लाखौँ रुपियाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीले ओम बहादुर घलेलाई यो जाडोको मौसममा न बस्ने घर छ, न त लगाउने लुगा नै छ । 

पीडित ओम बहादुर घलेलाई यथाशीघ्र सहयोग गर्न स्थानीयवासी तथा स्थानीय सरकार विपद् व्यवस्थापन समिति तथा रेडक्रसलाई अपिल गरिएको स्थानीय छिमेकी तथा समाजसेवी पुर बहादुर गुरुङले आग्रह गर्नुभयो ।  

आगलागीबाट ३० लाख रुपियाँ जति क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस्तै, आगलागीबाट विद्युत्त सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरी आशङ्का छ । वास्तविक घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।