• ११ पुस २०८१, बिहिबार

एकै गाउँबाट दुई करोड बढीको आलु बिक्री

blog

शीत गृहबाट आलुको बीउ बिक्री गरिदै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर १० गते । गल्याङ नगरपालिका –११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपियाँको आलुको बीउ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलदेखि २७५ क्विन्टलसम्म आलुको बीउ बिmक्री गरेका हुन् । 

शीत भण्डारका अध्यक्ष रुमलाल कडेँलले मात्र २७५ क्विन्टल आलुको बीउबाट २२ लाख रुपियाँ आर्जन गरेको बताउनुभयो । आलुको बीउ ८० रुपियाँ प्रतिकेजीमा बिक्री भएको बताउँदै कडेँलले सबैको साथ सहयोगले गाउँमै शीत भण्डार सञ्चालन गरेर कृषकले मनग्य आम्दानी गरेको बताउनुभयो । 

स्थानीय स्तरमा उत्पादित आलुुको वीउ भण्डारणका लागि अन्य ठाउँमा लैजानुपर्ने समस्या शीत भण्डार सञ्चालन भएसँगै यहाँका कृषकलाई सहज भएको हो । केही बर्ष पहिलेसम्म उत्पादन गरेको आलु तथा बीउबिजन र अन्य सामग्री भण्डारणका लागि बुटवल तथा पोखरासम्म लैजानुुपर्ने अवस्था थियो ।

विश्व बैङक र नेपाल सरकार सिँचाइ तथा जलस्रोत ब्याबस्थापनको अनुदानमा एक करोड १७ लाखको लागतमा १५० टनको शित भण्डार निर्माण गरिएको । पहिलो शीत भण्डारको क्षमता कम भएपछि प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (सुन्तला सुपरजोन) को एक करोड ५२ लाख सहयोगमा अर्को शीत भण्डार निर्माण गरेर तीनसय म्याट्रिक टन आलुुको बीउ ब्यवस्थित रुपमा भण्डारण गरिएको हो । 

शीत भण्डारमा आलुको बीउ राखेर कृषकलाई आर्थिक समृद्ध बनाएको बताउँदै कडेँलले यहाँ भण्डारण गरेको आलु राम्रो भएकाले जिल्लाका सबै ठाउँबाट बीउको माग भएको बताउनुभयो । 

पछिल्लो समय जिमुुहाँमा १५० हेक्टर जग्गामा आलुु उत्पादन हुुने हुुँदा आवश्यकताका आधारमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ । यहाँका कृषकले शीत भण्डार गृहमा प्रतिकेजी सात रुपियाँमा बीउ आलुु भण्डारण गरेका थिए ।