उपप्रधानमन्त्री सिंहद्वारा महायज्ञको शुभारम्भ
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकीमा सञ्चालित महायज्ञको शुभारम्भ गर्नुभएको छ।
सडक विस्तार छिटो सक्न माग गर्दै चक्का जाम, ठेकेदारले तिर्यो आठ करोड
पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवलसडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन्।
मौसम परिवर्तनको असर धौलागिरिमा
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते खोला नजिकैबाट लिइएको धौलागिरि हिमाल। बदलिँदो मौसम परिवर्तनको असरको कारण हिउँदमा समेत धौलागिरिहिमालमा हिउँ खासै देखिको छैन
बगेश्वरी मार्ग दश दिन बन्द हुने
बागेश्वरी सडक खण्ड दश दिनको लागि बन्द गरिएको छ ।
निर्माणाधीन पुल
मुस्ताङको थासाङ गाउँपालिका-२ सौरुरकोबाङ जोड्ने पुल सात वर्षदेखि निर्माणाधीन अवस्थामा ।
स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
जिल्लाको कुस्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ।
१० दिनभित्रै निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी दिन्छौँ : भौतिकमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरूले बाँकी भुक्तानी पाउने दाबी गर्नुभएको छ ।
म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्य चौकी भवन निर्माण
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्य चौकी भवन बनेपछि खुसी हुनुहुन्छ ।
कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।
घरबासमा पर्यटकको घुइँचो
नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ ।
‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’
बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् ।
शुद्ध खानेपानीको पहुँचमा २२ हजार जनसङ्ख्या
म्याग्दी सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँच भित्र रहेका छन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत वितरित सदरमुमकाम बेनीमा एक वर्षको अवधिमा उपभोक्तताले ४२ करोड ३२ लाख हजार लिटर पानी प्रयोग गरेका छन् ।
विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती
गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो ।
मदिरा : उता प्रतिबन्ध, यता फस्टाउँदै
भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएपछि नवलपुरको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ।
धार्मिक पर्यटकीय गन्तव्य बनाउन बजेटको व्यवस्था गर्छु : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु
तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो ।
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।
दुर्लभ सुनाखरी अन्नपूर्ण संरक्षण क्षेत्रमा
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका पर्यटकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्रमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन् ।
लालपुर्जाको प्रतीक्षामा बोटे समुदाय
स्याङ्जाको कालीगण्डकी–७, मिर्मी आँधीमुहानमा बस्दै आएका माझी तथा बोटे समुदायले वर्षौंको पर्खाइमा पनि लालपुर्जा पाउन सकेका छैनन् ।
पूर्वाधार विकास योजना अलपत्र
पर्वतमा प्राविधिक नहुँदा पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन नभई अलपत्र परेका छन् ।
स्थानीय तहसँग छैन आफ्नै भवन
छ वटा स्थानीय तह रहेको म्याग्दीमा हालसम्म रघुगङ्गा गाउँपालिकाले मात्र आफ्नै प्रशासकीय भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको छ ।
एउटै वडाबाट तीन करोडको सुन्तला बिक्री
तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री भएको छ । वडा नम्बर–३ का किसानले बिक्री गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको बासिन्दाले सो मूल्यभन्दा बढीको सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ प्रति प्रदेश सरकारको चासो
लमजुङको दुई पर्यटकीय स्थल घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माण कछुवा गतिमा भएको छ ।सडक निर्माणमा ढिलाई भएपछि गण्डकी प्रदलेश सरकारले चासो राखेको छ । क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गरिएको छ ।