सन्तोष सुवेदी
कास्की, मङ्सिर २१ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासँगै रहेको बताउनुभयो ।
"यहाँहरुले दुईदुई पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाँहरुसँगै छु, यहाँहरु सबैको माया र सद्भावले अगाडी बढिरहेको छुु । सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ," उहाँले भन्नुभयो ।
यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले जनाउनुभयो । कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावन रहेको जानकारी गराउनुभयो ।
सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङगेसाँघु, पट्नेरी सेती नदि माथी रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने योजना सुनाउनुभयो । २ करोड रुपियाँ लगानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सम्भावना रहेको उहाँले जानकारी गराउनुभयो ।
धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराउनुभयो ।
गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ प्रमुख बाचक शोभाकान्त ढकाल९कृपालु दास०, दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले लगायतले कथा वाचन गर्नुका साथै हरेक दिन आमन्त्रीत कथाबाचकले कथावाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।