• ८ पुस २०८१, सोमबार

तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

blog

राष्ट्रिय परिचयपत्र वितरण गरिँदै । तस्बिर : गोरखापत्र

अमरराज नहर्की
तनहुँ, मङ्सिर २१ गते ।
तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि  सुरु गरिएको हो ।

जिल्लामा पहिलो पटक आबुँखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको छ । वडा नम्बर २ निवासी ८१ वर्षीय रेशमराज भट्टराईलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले परिचयपत्र प्रदान गरी सो कार्यक्रमको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा ४८ जना नागरिकहरुले परिचय पत्र प्राप्त गर्नुभयो ।

आबुँखैरेनीमा प्राप्त भएको परिचय पत्र वितरण कार्य निरन्तर चल्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरण गर्न पालिकामा पठाइसकिएको सो अवसरमा जानकारी दिइएको थियो ।