शीतलहरका कारण विद्यालय बन्द
अत्यधिक चिसो र शीतलहरका कारण कपिलवस्तुमा विद्यालय बन्द गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका हुन ।
लुम्बिनीमा कांग्रेस र माओवादीले छाने संसदीय दलको नेता
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन हुनुभएको छ । सोमबार बसेको बैठकले दाङबाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीलाई संसदीय दलको नेता चयन गरेको हो ।
लुम्बिनी प्रदेशको पहिलो अधिवेशन सुरु
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो ।
रङ्गीन साँझमा गीत सङ्गीतको बेग्लै मज्जा (फाेटाे फिचर)
चिसो मौसम सुरु भएसँगै कपिलवस्तुमा महोत्सवको माहौल सुरु भएको छ । झिसमिसे साँझ हुन लागेपछि बत्तीको झिलिमिली देखिन सुरु हुन्छ । झिलिमिली साँझमा हुने साङ्गीतिक माहौलले दर्शकलाई अझ रमाइलो अनुभूति दिने गरेको छ ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।
विभिन्न आपराधिक कार्यमा संलग्न आठ जना सार्वजनिक
नेपाल प्रहरीले विभिन्न आपराधिक कार्यमा संलग्न आठजनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
शीतलहरले जनजीवन कष्टकर
दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।
एउटै कुवाको पानीको भरमा एक सय परिवार
प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्दै गर्न बाध्य छन् ।
दन्त अस्पताल अनुमतिबिना सञ्चालन
कोहलपुरमा सञ्चालनमा रहेका दन्त अस्पताल स्थानीय सरकारको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले हाल कोहलपुरमा सञ्चालित कुनै पनि दाँत अस्पतालले स्थानीय सरकारसँग सञ्चालन अनुमति नलिएको जानकारी दिनुभयो। प्रमुख ठकुरीका अनुसार नेपाल सरकार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएकै आधारमा सबै दाँत अस्पताल सञ्चालनमा रहेको तर कसैले पनि स्थानीय सरकारसंग सञ्चालन अनुमति लिएका छैनन्।
बाउन्न वर्षपछि लालपुर्जा
रुपन्देहीको सैनामैना नगरपालिका–१०, सालझण्डीका ७५ वर्षीया सावित्रा न्यौपानेलाई २०२७ सालमा नापी भएको घरबास जग्गाको लालपुर्जा आउला भन्ने कत्ति पनि आस लागेकै थिएन। न्यौपानेको परिवारले करिब ५५ वर्ष पहिलेदेखि उक्त जग्गामा घर बनाएका थिए। २०२७ सालमा न्यौपाने परिवारको नाममा उक्त जग्गा नापी भएको थियो तर नापी भएको ५२ वर्षपछि हातमा लालपुर्जा आउँदा सावित्रामा खुसीको सीमा छैन।
टिकटकको माध्यमबाट पनि बेचबिखन
मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको छ। विशेष गरी किशोर अवस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिहरूको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन्। यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका छ जनालाई माइती नेपाल नेपालगञ्जको टोलीले जमुनाह नाकामा फेला पारी परिवारको सम्पर्कमा पु-याएको छ।
नेकपा एमालेको लुम्बिनी संसदीय दलको नेतामा गिरी
नेकपा [एमाले]को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लीला गिरी चयन हुनु भएकाे छ । दाङको देउखुरीमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत रूपमा संसदीय दलका नेता चयन गरेको हो ।
आलु र गहुँ खेतीमा व्यस्त किसान (फोटो फिचर)
कपिलवस्तु जिल्ला धान, गहुँ र आलु खेतीका लागि प्रख्यात छ। कपिलवस्तुको अधिकांश जमिन खेतीयोग्य छ। ग्रामीण क्षेत्रमा अहिले गहुँ र आलु खेतीले हरियाली छाएको छ।
लुम्बिनीका प्रदेश सभा सदस्यको शपथ
लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
बुटवलमा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक
बुटवलमा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण
गुल्मीमा संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको बजेटबाट पञ्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।
विद्यार्थीले बनाए मकै छोडाउने मेसिन
तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको मेट्रो कलेजका विद्यार्थीले मकै छोडाउने मेसिन बनाएका छन्। कलेजमा इलेक्ट्रोनिक्स विषय पढ्दै आएका विद्यार्थीले बनाएको मेसिन सुनाखरी सिकाइ मेलामा अवलोकनका लागि राखिएको थियो। मेसिन बनाउनका लागि संयोजन गर्दै आउनुभएका शिक्षक सञ्जय अधिकारीले करिब २० हजारको लागतमा मेसिन तयार पारिएको बताउनुभयो। शिक्षक अधिकारीका अनुसार उक्त मेसिनले एक घण्टामा ५० केजी मकै छोडाउन सक्छ। मेसिनमा दुई ‘हर्स पावर’को मोटर जडान गरिएको छ। क्याम्पसका प्राचार्य वसन्त आचार्यले क्याम्पसका कृषि वन विज्ञानका विषयका साथै इलेक्ट्रोनिक्स विषयसमेत अध्यापन हुने भएकाले अभ्यास शिक्षणका साथै प्रत्येक किसानको घरसम्म पु¥याउने उद्देश्यले तयार पारिएको बताउनुभयो। उहाँले तुलसीपुर उपमहानगरपालिकाले नै सञ्चालन गरेको कलेज भएकाले पालिकासँगको समन्वयमा मेसिन तयार पारिने बताउनुभयो।
कोरोना फैलिन नदिन सीमामा पुनः कडाइ
नयाँ भेरियन्टसहित फेरि कोरोना सङ्क्रमण फैलिन थालेको र भारतबाट आउनेहरूमा सङ्क्रमण देखिन थालेपछि यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा कडाइ सुरु गरिएको छ। गत तीन महिनादेखि बाँकेमा कुनै पनि सङ्क्रमित नभेटिएपछि नाकामा परीक्षणलगायत अन्य सोधपुछ र निगरानीमा त्यति वास्ता नगरिएकोमा अहिले कडाइ सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
दाङमा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। जिल्लाका करिब ४२३ विद्यालयमध्ये ४३ भन्दा बढी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका छन्। अङ्ग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी विद्यालयतिर जान थालेपछि पछिल्ला वर्षमा धेरै विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजीमा पठनपाठन गराउन थालेका हुन्। विशेष गरी सहरी क्षेत्रका विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठनलाई तीव्रता दिएका छन्।
बजार नभएपछि सस्तोमै बेच्न बाध्य
रेसुङ्गा नगरपालिका–३ का ३९ वर्षीय उदयबहादुर खत्रीको सुन्तला बगैँचामा लटरम्म सुन्तला छन् । सुन्तला बगैँचामा बोटले धान्न नसक्ने गरी सुन्तला फलेको देख्दा हेर्नेको मन लोभ्याउने गर्छ । एक सयभन्दा बढी बोट सुन्तलाले राम्रो फल दिएको देख्दा बगैँचामा जाने सबैले खत्रीलाई बधाई पनि दिने गर्छन् तर खत्रीलाई भने बाहिर देखेजस्तो नभएको र सुन्तला सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताले सताएको छ । आफ्नो बगैँचामा अहिले पाँच लाख रुपियाँभन्दा बढीको सुन्तला भएको उहाँको दाबी छ तर पर्याप्त बजार नपाउँदा सदरमुकाम तम्घासका एक व्यापारीलाई दुई लाख ५० हजार रुपियाँमै सबै सुन्तला बेच्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहणको तयारी पूरा
लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो ।
कांग्रेस सरकारमा नहुँदैमा आत्तिनु हुँदैन : नेता खाण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गर्नुभएको छ । अहिले कांग्रेस सरकारमा नहुँदैमा आत्तिनु पर्ने कुनै आवश्यकता नरहेको उहाँले बताउनुभयो ।
लुम्बिनी विश्व शान्ति स्तूप (फोटो फिचर)
रुपन्देहीको प्रख्यात बौद्ध धार्मिक स्थल लुम्बिनीमा अवस्थित अति नै सुन्दर विश्व शान्ति स्तुप छ। यस स्तुपामा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएको छ।
तिलौराकोटमा भुटानी गुरुहरूको नृत्य
कपिलवस्तुको प्राचीन एवं ऐतिहासिक स्थल तिलौराकोटमा भुटानी बौद्ध धर्मगुरुहरुले नृत्य प्रदर्शन गरेका छन् । गौतम बुद्धले २९ वर्ष युवापन व्यतीत गरेका थिए जुन उहाँका पिता शाक्य राजा शुध्दोधनका दरबार स्थलमा भुटानबाट आएको ६७ बौध्दधर्मावलम्बीहरुले शुक्रवार धार्मिक नृत्य र वृद्ध मन्त्रोचारण गरी नृत्य गर्नुभएको थियो ।