उद्योगलाई उखु अभाव हुने
पश्चिम नवलपरासीका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् भने एउटा सञ्चालनको तयारीमा रहेको छ । प्रतापपुर गाउँपालिकाको इन्दिरा खाडसारी तथा चिनी उद्योग मङ्सिरको दोस्रो हप्तादेखि र सुस्ता गाउँपालिकाको कुडियामा रहेको बागमती चिनी उद्योग मङ्सिर २५ गतेदेखि सञ्चालनमा आएका हुन् । सुनवलको लुम्बिनी चिनी उद्योग सञ्चालनको तयारीमा रहेको लुम्बिनी चिनी उद्योग, उखु शाखाका प्रमुख केडी प्रसादले बताउनुभयो ।
बुद्धकालीन 'इनार'(फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि पश्चिम करिब दुई किलोमिटरको दुरीमा रहेको ऐतिहासिक स्थल कुदान अर्थात् निग्रोधराममा प्राचीन बुद्धकालीन इनार रहेको छ ।
आधुनिक बन्दै थारू हस्तकला
कपिलवस्तुको बुद्धभूमि–९, बक्लीपुरका सुशीला थारूले तीन वर्षअगाडि घरायसी कामकाजका लागि ढकिया बनाउनुभएको थियो। उहाँले मौनी (सानो साइजको ढकिया), डेलवा (बुट्टेदार ढकिया) लगायत परम्परागत हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ। थारू समुदायमा पूजापाठ, बिहे, सुक्खा सामग्री राख्न ढकियाको प्रयोग गरिँदै आएको छ।
मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने
जग्गा विवादका कारण रोकिएको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर क्षेत्रको जग्गाको नापजाँच प्रतिवेदन छिट्टै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले ड्रोनबाट गरिएको जग्गा नापजाँचको प्रतिवेदन स्थानीय तहमा पठाउने प्रतिबद्धता जनाउनुभएको भन्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले अब औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।
विपन्न विद्यार्थीलाई न्यानो कपडा
कपिलवस्तु शिवराज नगरपालिका –१ का सरस्वती आधारभूत विद्यालयका २७ जना विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । विपन्न परिवारका विद्यार्थी जाडो याममा विद्यालय जाँदा सास्ती खेप्नु परेपछि पितृको स्मृतिमा चन्द्रौटा बजारका व्यवसायी विष्णु कँडेल र गीता कँडेलले न्यानो कपडा वितरण गर्नुभएको हो ।
गुल्मी अस्पतालको निर्माण कार्य ३७ प्रतिशत सकियो
निर्माणाधीन गुल्मी अस्पतालको नयाँ भवनको निर्माण कार्य ३७ प्रतिशत सकिएको छ।
बेवारिसे परिवारको उद्धार
जिल्ला प्रहरी कार्यालय गुल्मीले एक बेवारिसे परिवारको उद्धार गरेको छ।
लुम्बिनी चिनी उद्योगको आवास भवन अलपत्र
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् । चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिषर बाहिर रहेका करोडौं रुपियाँ लगानीका दर्जनभन्दा बढी आवास भवनहरु रेखदेखको अभावमा अलपत्र छन् ।
वनको दिगो विकासका लागि वन व्यवस्थापन गरिँदै
कपिलवस्तुबाट वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशभित्र रहेका राष्ट्रिय वनको दिगो विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग गर्न सो कामको शुरुवात गरिएको हो ।
रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास
तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गर्नुभएको हो ।
डायलासिस सेवा नहुँदा सास्ती
बर्दियाको मधुवन नगरपालिका–४ की मिर्गौलापीडित हरिराम चौधरीलाई हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ। उहाँ डायलासिसका लागि नेपालगञ्ज मेडिकल कलेज रहेको कोहलपुरमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ। गुलरिया नगरपालिका–२ की मिर्गौलापीडित पवित्रादेवी सुवेदी हप्तामा दुई पटक डायलासिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर धाउनुहुन्छ।
राप्ती उपत्यकामा मन्त्रालय निर्माणको काम तीव्र
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापनासँगै अन्य मन्त्रालयहरू निर्माण तथा कार्यालय स्थापनाको काम तीव्र गतिमा भइरहेको छ। अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयहरू राप्ती उपत्यका सार्न थालिएको छ। १३ वटा मन्त्रालयहरूमध्ये छवटा प्रदेश राजधानी परिसरभित्र स्थापना हुने क्रममा छन्। बाँकी सात मन्त्रालय परिसरबाहिरका सरकारी भवनमा स्थापना हुनेछन्।
वीरगञ्जमा ३० युनिट विद्युत निशुल्क
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ ।
ऐना पहरामा बन्ने भयो ऐना पार्क
तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा न २ र ४ को सिमाना पर्ने ऐना पहरामा ऐना पार्क बनाउने कार्य सुरु गरेको छ । पृथ्वी राजमार्गसँग जोडिएको ऐन पहरा झरना रहेको स्थानमा पार्क निर्माण सुरु गरेको हो ।
कपिलवस्तुमा सातौं चन्द्रौटा महोत्सव सञ्चालन
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा चन्द्रौटा महोत्सवको सातौं संस्करण सञ्चालनमा आएको छ ।
बाणगंगा नदीमा बर्मा हाम फालेको आशङ्कामा प्रहरीको खोजी
कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशङ्कामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशङ्कामा खोजतलास सुरु गरिएको हो ।
ब्याजदर नियन्त्रणमा सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नयाँ बन्ने सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । अब बन्ने नयाँ सरकारले ब्याजदर वृद्धिलाई नियन्त्रणका लागि नीतिगत हस्तक्षेप गर्नुपर्छ उहाँले भन्नुभयो ।
रुकुमपूर्वमा पहिलो पटक बेमौसमी मकै उत्पादन
रुकुमपूर्वक हिमाली जिल्ला जहाँ वर्षमा दुई बाली मात्र उत्पादन हुन्छ । हिउँदे र बर्खे बाली । हिउँदमा गहुँ, जौ र बर्खे बालीमा मकै, आलुलाई यस जिल्लामा मुख्य बालीका रूपमा लिइन्छ ।
सङ्कटमा शङ्करपुर ताल
कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छर्नुभयो । उहाँहरु मात्र होइन, शङ्करपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदै, मेला उद्घाटन हुने
राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदै हुनुहुन्छ ।आजदेखि बुटवलमा रुपन्देही उद्योग सङ्घको आयोजनामा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ उद्घाटनका लागि भण्डारी बुटवल आउन लाग्नुभएको हो ।
खाना पकाउन अझै गुइँठाकै भर
ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । v
अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण जारी
बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सो केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोड रुपियाँ लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य जारी छ। अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण आयोजनाले जनाएको छ। यो ६ दशमलव ४ बिघा क्षेत्रफलमा फैलिएको छ। सहरी विकास मन्त्रालयबाट निर्माण गरिएको प्रदर्शनी केन्द्र नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र भएको दाबी गरिएको छ। यहाँ एउटा ठूलो प्रदर्शनी हलका साथै दुईवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर, टिकट काउन्टर र फूलबारी बगैँचालगायतको निर्माण कार्यलाई तीव्र पारिएको छ।
सिग्नेचर पुल निर्माणको काम छिटो अघि बढाउन आग्रह
बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका विषयमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ । पुलको आर्किटेक्ट डिजाइन तयार भैसकेको छ भने पुल निर्माणका विषयमा रहेका जटिलताका विषयमा बुटवल नगर प्रमुख खेलराज पाण्डेयले सडक विभाग र विश्व बैंकका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।
एउटै गाउँबाट पाँच करोडको सुन्तला बिक्री
अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो ।