खाद्य व्यवस्थाले बाँकेबाट २५ हजार क्विन्टल धान खरिद गर्ने
बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद सुरु गरेको छ । जिल्लाका किसानले पहिलेदेखि धान खरिद गर्ने माग गर्दैआए पनि अहिले आएर मात्र धान खरिद सुरु गरिएको हो ।
कृषक प्रोत्साहनका लागि कृषि मेला आयोजना
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । कृषि विकास कार्यालयको आयोजनामा खलङ्गाको बाल मन्दिरमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट मृत्यु
रुपन्देहीको तिलोत्तमा २ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट मृत्यु भएको छ। लामो समयदेखि सर्पको उद्धार कार्यमा लाग्दै आउनुभएका तिवारीको मंगलबार राति सर्पको टोकाईबाट उपचारको क्रममा मृत्यु भएको हो ।
बढी भार भएका सवारीलाई कारबाही
चुनढुङ्गा बोक्ने टिप्परको ओभरलोड (क्षमताभन्दा बढी भार) नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान सञ्चालन गरेको छ। ओभरलोडका कारण दुर्घटना बढेको र सडकसमेत बिग्रिएको भन्दै ट्राफिक प्रहरीले ओभरलोड नियन्त्रण गर्न अभियान चलाएको हो।
नदीजन्य पदार्थको दोहन रोक्न माग
बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित मानखोलामा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार हुने गरेको छ। अवैध नदी उत्खनन कार्यले नदीजन्य समस्या उत्पन्न भएको भन्दै स्थानीयले यसको नियन्त्रणका लागि गाउँपालिका कार्यालय घेराउ गरेका छन्। एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार भइरहेको गुनासो उठे पनि गाउँपालिका, प्रहरी र प्रशासन मौन देखिएको स्थानीयवासीको आरोप छ।
नागरिकताभन्दा राहदानी खोज्ने धेरै
गुल्मी जिल्लामा पछिल्लो पाँच महिनाको अवधिमा पाँच हजार ६८९ जनाले राहदानी बनाएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच महिनाको अवधिमा यतिको सङ्ख्यामा राहदानी बनाइएको हो। राहदानी बनाउनेमा १८ देखि २५ वर्ष उमेर समूहसम्मका युवायुवती बढी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। विशेष गरी वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ।
रुकुमगाड जलविद्युत्को काम ठप्प
भूमे गाउँपालिका–४, धौलापैरामा निर्माणाधीन पाँच मेघावाट विद्युत् उत्पादन क्षमता रहेको रुकुमगाड जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको भन्दै आयोजनाको काम ठप्प पारेका हुन् । रुकुमगाड जलविद्युत् आयोजनाको मुख्य ठेकेदार कम्पनी श्री एटीसी/कवीन्द्र जेभीसँग कामको सम्झौता गरेका तीन निर्माण व्यवसायीले काम रोकेका हुन् ।
अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा
बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मण्डपमै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको हो । अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण आयोजनाले जनाएको छ ।
च्याउ खेतीमा रम्दै २० वर्षीय निखिल
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्री २० वर्षको हुनुभयो । उहाँले डेढ वर्षदेखि सोही गाउँपालिकाको वडा नम्बर–५ ग्वाघाको धुवाँखर्कमा निखिल मल्टिपर्पोज एग्रो फर्म दर्ता गरी च्याउ खेतीमा निकै व्यस्त हुनुहुन्छ ।
जग खन्दा तोपगोला !
पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका ‘गोला’ भेटिएको हो ।
पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुदले अनुशासनको विकास गराउने हुँदा यसलाई पढाइसँग अघि बढाइनुपर्ने प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभएको छ ।
बाँकेमा अफ्रिकी स्वाइन फ्लुबाट २८० बंगुर मरे
बाँकेमा ठूलो सङ्ख्यामा बंगुर बिरामी परेर मर्न थालेका छन् । पालेका बङ्गुरमा अफ्रिकी स्वाइन फ्लु फैलिएकोले बंगुर मरिरहेको किसानले बताएका छन् ।
भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण
सैनामैना नगरपालिकाले भूमिहीन जनतालाई लालपुर्जा वितरण गरेको छ । सदियौँदेखि जोतभोग गर्दै आएका स्थानीयले गाउँ ब्लकको जग्गाधनी प्रमाणपत्र पाएका छन् ।
दुई किलोमिटर सडक बनाउन पाँच वर्ष
एक हजार आठ सय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? छ महिना, एक वर्ष वा दुई वर्ष। तर, बाँकेमा भने करिब एक हजार आठ सय मिटर सडक बनाउन साढे पाँच वर्ष बितेको छ। सडक निर्माण अझै पूरा हुन सकेको छैन। बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर सडक निर्माणको काम पाँच वर्षदेखि पूरा
समयमा काम नगरेपछि ठेक्का तोडियो
शहीदमार्ग सडक आयोजनाको निर्माण कार्य समयमै हुन नसकेपछि रुकुमपूर्वमा सञ्चालित सडक निर्माणको ठेक्का सम्झौता तोडिएको छ। सो योजना कार्यालय रोल्पाका योजना प्रमुख पवन भट्टराईले पटक–पटक थपेको समयसीमाभित्र निर्माण व्यवसायीले काम गर्न नसकेकाले ठेक्का अन्त्य गरिएको बताउनुभयो।
संरक्षणको अभावमा लोप हुँदै गाउँघरका काठे कोल
आधुनिक प्रविधिको प्रयोगसँगै आजभोलि गाउँघरमा मेशिनको प्रयोग बढ्दै गएको छ । यसबाट गुल्मी जिल्लामा परम्परागतरूपमा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठे कोलहरू पनि लोप हुँदै जान थालेका छन् । विगतमा ग्रामीण क्षेत्रमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका ती कोलहरू यति बेला आधुनिकीकरणसँगै विस्तारै लोप हुँदै जान थालेका छन् ।
पुस १५ देखि तीन दिन बुटवलमा सडक खाना महोत्सव हुने
बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो ।
गाउँमै विशेषज्ञ सेवाबाट बिरामी लाभान्वित
चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ की ८५ वर्षीया अम्मा थापालाई पेट दुख्ने र मुटु फुल्ने समस्याले सताएको थियो । उहाँ उपचारका लागि पाल्पा वा बुटवल जान पनि भ्याउनुभएको थिएन ।
लोप हुँदै परम्परागत प्रविधि
घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी केही वर्षअघिसम्म ढिकीमा धान, गहुँ, जौ र बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्नुहुन्थ्यो । यसरी पिसेको पिठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजाआजामा चढाउन तथा चोखो शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गर्नुहुन्थ्यो ।
टरिगाउँमा उडान थपियो
दाङको टरिगाउँ विमानस्थलमा छ दशकपछि इन्धन डिपो सञ्चालनमा ल्याई हवाई उडान सेवा थप गरिएको छ । प्रत्येक सोमबार र बुधबार गरी दुई दिन मात्रै हुने उडान सेवा अब सातामा पाँच दिन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँ विमानस्थलमा इन्धन डिपो सञ्चालनपछि पाँच दिन हवाई सेवा भएको विमानस्थलका प्रमुख गणेश अर्यालले जानकारी दिनुभएको छ । बिहान ९ देखि ११ बजेसम्म विमान उड्ने गरेको छ ।
शुद्धोधन १ बालविवाह तथा जातीय छुवाछूत मुक्त वडा
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा १ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक समारोहबीच घोषणा गर्नुभएको हो ।
तराईका जिल्लामा हुस्सुसँगै चिसो बढ्यो
रुपन्देहीलगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा एक सातादेखि बिहान बाक्लो हुस्सु लागेको छ । अन्य समयभन्दा तुलनात्मक रूपमा दिउँसोमा घाम मधुरो भएको छ ।
विद्यालयमा 'एक विद्यालय एक नर्स कार्यक्रम' माग
कपिलवस्तुका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको छ । बृहत्तर यौनिकता तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सो कार्यक्रम माग गरिएको हो ।
प्रथम अन्तर विद्यालय कराँते सम्पन्न
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अवस्थित भूपू सैनिक स्कुलको आयोजनामा प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।