महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्तला नबिकेपछि जुस तयार
जिल्लाको सिस्ने गाउँपालिका–७ र ८ मा उत्पादन भएको सुन्तलाले बजार नपाएपछि किसानहरुले खेर जान नदिएर जुस तयार गरेका छन् । यस वर्ष यहाँ सुन्तला उत्पादनमा वृद्धि भए पनि पर्याप्त बजार पाउन नसकेको जनाएको छ ।
ढुङ्गा बिछ्याएर अस्थायी पुल
रोल्पा–दाङ सडकखण्डको ग्वार खोलामा ढुङ्गा बिछ्याएर हिउँदे पुल तयार पारिएको छ। मध्यदाङको बिजौरी, श्रीचौर हुँदै रोल्पाको होलेरी दहवन र सल्यान जोड्न ढुङ्गा बिछ्याएरै हिउँदे पुल बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने खोलामा पालिकाकै बजेटबाट पुल निर्माण गरे पनि रुन्टीगढी गाउँपालिका–८, रानीबास क्षेत्रमा ग्वार खोलाको पानीको बहाव बढेकाले यातायातका साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ।
कोल–देउरालीका गुफा ओझेलमा
पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोल र सिस्ने गाउँपालिका–५, देउरालीमा रहेका गुफाहरू उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। ऐतिहासिक तथा धार्मिक महìव बोकेका उक्त गुफाहरू रहस्यमय अवस्थामा छन्। ती गुफाभित्र विभिन्न आकृतिका आश्चर्यचकित पार्ने मूर्तिहरू रहेका छन्। मूर्तिहरू देखेर गुफामा पुग्ने जो कोही पनि आश्चर्यमा पर्ने गर्छन्। यी गुफाहरू स्थानीय सरकार र सरोकारवालाले ध्यान नदिँदा धार्मिक पर्यटकको रोजाइमा पर्न सकेको छैनन्।
मोबाइल फोनले बढायो बाल विवाह
पाल्पाको निस्दी गाउँपालिकाका बालबालिकामा उमेर नपुगी विवाह गर्ने समस्या बढदै गएको छ। बाल विवाह न्यूनीकरणका लागि पालिका तथा सम्बद्ध निकायबाट विभिन्न प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। मोबाइल फोनको दुरुपयोगले बाल विवाह गर्ने किशोर–किशोरीको सङ्ख्या बढेको हो। आधारभूत तहमा अध्ययन गर्ने किशोर–किशोरीले मोबाइलको प्रयोग गर्न थालेपछि सो समस्या बढेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभयो।
रुपन्देहीका १८ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण
राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लाका अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । बुटवल उपमहानगरपालिका र मायादेवी गाउँपालिकामा सोमवार एक समारोहका वीच जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
गाउँमै गाडी पुगेपछि स्थानीयमा खुसी
गाउँमै नियमित सवारी सञ्चालन हुने भएपछि स्थानीयहरू खुसी भएका छन् । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गको ओख्लेदहबाट नियमित सवारी सञ्चालन हुने भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका हुन् ।
नरैनापुरमा सिँचाइका लागि डिप बोरिङ जडान सुरु
बाँकेको सुख्खाग्रस्त क्षेत्र घोषित गरिएको नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न (जडान) सुरु गरिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै रहेपछि नरैनापुर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारसँग राहत मागेको थियो ।
डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ पर्नुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ।
जबरजस्ती गरेको आरोपमा पक्राउ
१४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्याज घटाउन माग गर्दै आन्दोलनको घोषणा
बैङ्क तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीमाथि ज्यादती गरेको भन्दै आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । उद्योगी तथा व्यवसायीले बैङ्कहरू सच्चिन आग्रह गर्दै दबाबको कार्यक्रम गर्ने निर्णय भएको बताएका छन् ।
ओझेलमा पर्यटकीय सम्भावना बोकेको ‘लरैना मन्दिर’
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना मन्दिर अहिले ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवर्धनमा ध्यान नदिँदा बराह क्षेत्र वासुदेव धार्मिकस्थल लरैना ओझेलमा परेको हो ।
निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारका कारण अलपत्र
पाल्पाको तानसेन नगरपालिका ७ बाघखोरमा निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । दुई वर्षको अवधिमा सक्नुपर्ने गरी १० बर्सअघि निर्माणको काम सुरु भए पनि हाल सम्म २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
कतारबाट फर्केर बाख्रापालन
करिब नौ वर्ष कतारको बसाइपश्चात् गुल्मीका एक युवाले गाउँमै आएर बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ का ३९ वर्षीय नारायणप्रसाद पन्तले अहिले जमुनापार, खरी जातका ३८ वटा बाख्रासँगै व्यावसायिक घाँस खेती गरेर वार्षिक १५ लाखजति आम्दानी गर्न थालेको बताउनुभएको छ ।
मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी
देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।
हट्यो पानीको दुःख
तुलसीपुरकी ७५ वर्षीया मङ्गली विश्वकर्माको बाल्यकालदेखि नै डोकामै पानी बोकेर जीवन बिताउनुभयो। तुलसीपुर–१९ स्थित सक्रामको मुहानबाटै पानी बोकेरै छिल्लीकोट घरसम्म आउँदा जाँदा उहाँको चार घण्टा बित्थ्यो।
भूकम्पको जोखिममा रहेका घरको बीमा तयारी
नेपालगञ्ज उपमहानगरले भूकम्पको उच्च जोखिममा रहेको घरहरूको बीमाको तयारी गरेको छ। उपमहानगरको पुरानो बस्ती तथा कतिपयहरू मापदण्डविपरीत निर्माण भएकाले भूकम्पको अत्यधिक जोखिममा रहेको पाइएको छ। पश्चिमको कुनै पनि क्षेत्रमा ८ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घर ध्वस्त हुन सक्ने बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख छ।
अध्ययनसँगै पुर्ख्यौली पेसामा १८ वर्षीय सम्झना
गुल्मीको इस्मा गाउँपालिका–२ हस्ती चौरकी सम्झना नेपालीले उमेरले १८ वर्षकी हुनुभयो । सदरमुकाम तम्घासकै सिद्धबाबा माध्यमिक विद्यालयबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएकी सम्झना अहिले जुत्ता सिलाउन व्यस्त हुनुहुन्छ ।
अझै पनि वस्तु साटफेरबाटै कारोबार
मुद्रा प्रचलनमा आउनुअघिसम्म वस्तु विनिमय हुन्थ्यो । आफूले उत्पादन गरेको वस्तु दिएर आफूलाई चाहिने सामान ल्याउने वस्तु साटफेरले त्यसबेला जीवनयापन सहज बनाएको थियो । अहिले वस्तु विनिमय नै गर्नुपर्ने बाध्यता छैन । आफूसँग भएको वस्तु रकम लिएर बेच्न सकिन्छ र रकम दिएर आवश्यक वस्तु किन्न सकिन्छ तर अझै पनि केही स्थानमा वस्तु साटफेर गर्नु नै सहज हुने गरेको छ ।
तीन वर्ष बित्दा पनि औद्योगिकग्रामको पर्खाल पूरा भएन
नेपाल सरकार उद्योग मन्त्रालयको योजनाअनुसार पश्चिम नवलपरासीको सुनवल औद्योगिकग्रामको काम तीन वर्षमा पर्खालसम्म बन्न सकेको छैन ।
दाङको छिल्लीकोटमा जीपलाइन सुरु हुँदै
तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन तीन महिनाभित्र सञ्चालनमा ल्याइनेभएको छ ।
लघुउद्यमीहरुका स्थानीय उत्पादन बिक्रीमा समस्या
कपिलवस्तुको शिवराज नगरपालिका –९ तुरन्तपुरका कमला राना पालिकाले प्लास्टिकका सामग्री प्रयोग गर्न निरुत्साहित गर्ने समाचार सुनेपछि दङ्ग पर्नुभयो ।
नेपालगञ्ज भूकम्पको उच्च जोखिममा
नेपालगञ्ज उपमहानगरका अधिकांश घरहरू भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । उपमहानगरको पुरानो बस्ती र मापदण्ड विपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेको पाइएको हो ।
प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या
गुल्मीका केही प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्ट आफ्नै भवन नहुँदा भाडामा बस्दै आएका छन्। कतै आफैँ र कतै स्थानीय तहको समन्वयमा भाडामा बस्दै आएका हुन्।