मापसे गर्ने ३६१ चालक कारवाहीमा
कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।
९० क्युफिट काठसहित एक जना पक्राउ
कपिलबस्तुमा ९० क्युफिटसहित सब–डिभिजन वन कार्यालय खरेन्द्रपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने शिवराज नगरपालिका–३ स्थित भितारिया बस्ने वर्ष २१ का रुपेश थारु रहेका छन् ।
महेन्द्र उद्यान जीर्णोद्धार गरी शहीद स्तम्भ बनाइँदै
बुटवल अस्पताल लाइनमा जीर्ण अवस्थामा रहेको महेन्द्र उद्यानलाई संरक्षणसहित परिवर्तन गरी शहीद स्तम्भ उद्यान बनाइने भएको छ । लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको सहयोगमा आधुनिक किसिमले सो उद्यान निर्माण गरिने भएको हो ।
शीतलहरका कारण खजुराका विद्यालय बन्द
शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य सिजल माओवादी केन्द्रमा प्रवेश
लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । उहाँलाई सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः पार्टीमा प्रवेश गराउनुभएको हो ।
लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेको हो ।
भालुको आक्रमणबाट एक जनाको मृत्यु
जिल्लाको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
सरकारको नेतृत्वमा दुई दलको दाबी
लुम्बिनी प्रदेशका ठूला राजनीतिक दलहरूले संसदीय दलको नेता टुङ्गो लगाएसँगै प्रदेशमा सरकार निर्माणको कसरत सुरु भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले निर्विरोध रूपमा संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो।
शीतलहरले नवलपरासीको जनजीवन कष्टकर
पछिल्लो तिन दिन देखी बढेको शीतलहरका कारण पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनेको छ । नवलपरासीको मैदानी भागमा पछिल्लो तीन दिनदेखि बढेको शीतलहरका कारण घाम देखिएको छैन ।
बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड सुरु
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन
लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।
झोलुङ्गे पुलले किसानलाई सहज
तुलसीपुर ४ माथिल्लो हलवार र तुलसीपुर १९ को कुटेचौरका किसानको खेतबारी दुवैतिर पर्दछ । वर्षायाममा हलवारका किसानले खेत जोत्न कुटेचौर पुग्दा ग्वार खोला आयो भने खेतमै बास हुन्थ्यो ।
नेपालगञ्जमा देखियो दादुरा राेग
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन
लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन गरेको छ।
बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द
बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।
खेतमा रमाउँदै कृषि समूहमा विद्यार्थीहरू
पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले माध्यमिक तहमा सञ्चालन गरेको प्राविधिक शिक्षा तर्फको कृषि विषयका विद्यार्थीहरू कृषि कार्यका लागि खेतमा रमाउन थालेका छन् ।
तराईमा चिसो बढेसँगै जनजीवन कष्टकर (फोटो फिचर)
कपिलवस्तु लगायत तराइका जिल्लाहरूमा केही दिनदेखि चिसो बढेसँगै शीतलहर सुरु भएको छ । शीतलहरसँगै यहाँको जनजीवन प्रभावित भएको छ।
पुल निर्माणमा स्थानीयको अवरोध
शहीद मार्गअन्तर्गत रुकुमपूर्वको काँक्री–मैकोट सडकखण्डको उत्तरगङ्गा खोलामा निर्माण गर्ने भनिएको पुलको काममा अवरोध भएको छ। निर्धारित ठाउँभन्दा पाँच सय मिटरमाथि रहेको सेरागाउँ छोएर सडक जानुपर्ने र पुल पनि गाउँनजिकै बन्नुपर्ने माग राख्दै स्थानीयले पुल निर्माणको काममा अवरोध गरेका हुन्। घोराहीबाट रोल्पा हुँदै रुकुमपूर्व जोड्ने २२० किलोमिटर लामो शहीद मार्गअन्तर्गत पुथाउत्तरगङ्गा गाउँपालिका–११ को उत्तरगङ्गा खोलामा पुल बनाउन लागिएको हो।
खानेपानी आयोजनालाई बजेट अभाव
घोराही उपमहानगरपालिका–१६, कपासीमा खानेपानी आयोजना सुरु भएको करिब पाँच वर्ष बित्यो। गाउँगाउँमा खानेपानीको सुविधा पु-याउनका लागि पाँच वर्षअघि डिप बोरिङ गरी ट्याङ्की समेत निर्माण भएको छ तर पाइप विस्तार हुन सकेको छैन। सुरुमा केही समय जग्गा विवादका कारण रोकिएको उक्त आयोजना पछिल्लो समय बजेट अभावका कारण अघि बढ्न नसकेको स्थानीय माया खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “पानीका लागि घरअगाडि खानेपानी ट्याङ्की निर्माण हुँदा खुसी लागेको थियो तर वर्षौं भइसक्दा पनि आयोजना पूरा हुन सकेको छैन।” उहाँले भन्नुभयो, पानी नहुँदा इनारबाट पानी तानेर खानुपर्ने बाध्यता छ। त्यो पनि गर्मी दिनमा सुकेपछि समस्या हुन्छ।
बुटवलमा रात्रिकालीन बजार
बुटवलको इतिहासमा पहिलो पटक बुटवलको कालिकापथमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको हो ।
उडान रोकिँदा पर्यटन व्यवसाय प्रभावित
मौसमको खराबी तथा यात्रु उपलब्धता नरहेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुन थालेपछि त्यहाँका पर्यटन व्यवसायीको चिन्ता बढेको छ । पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्ना उडान रोकेका छन् भने आन्तरिक उडानसमेत नियमित हुन सकिरहेको छैन । जजिराले डिसेम्बरसम्म उडान रोकेको जनाए पनि खराब मौसमका कारण यो समय अझै लम्बिने निश्चित रहेको छ । अहिले भैरहवा तथा यस आसपासको भिजिबिलिटी दुई सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवस्था छ ।
विपन्नको जाडो कथरी पोछराको भरमा
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अमिरुन निशा जाडो सुरु भएपछि राम्रोसँग निदाउन पाउनुभएको छैन । सुत्केरी हुने दिन नजिक आउँदैछ ।
रोहिणी गाउँपालिकाका विद्यालय छ दिन बन्द
निरन्तर चिसो बढ्दै गएपछि रुपन्देहीको रोहिणी गाउँपालिका भित्रका विद्यालयहरू भोलि (मङ्गलबार)बाट बन्द हुने भएको छ ।
शीतलहरका कारण विद्यालय बन्द
अत्यधिक चिसो र शीतलहरका कारण कपिलवस्तुमा विद्यालय बन्द गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका हुन ।