पाल्पा बस दुर्घटना: चालकले मदिरा सेवन गरेको पुष्टि
छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो ।
मौर्यकाली जोडी स्तुपा, धम्नीहवा
कपिलवस्तुको मौर्यकालीन ऐतिहासिक स्थल तिलौराकोट नजिक अर्थात् ५ सय मिटरको दुरीमा बाणगंगा नदी किनारमा ऐतिहासिक स्थल धम्नीहवा अर्थात् तिलौरी रहेको छ ।
ठेकेदार फेरिए, फेरिएन सडकको अवस्था
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखोवासम्मको २८ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको छ। उक्त सडकखण्डअन्तर्गत १४.४६ किलोमिटर सडक चार लेन र १३.७३ किलोमिटर सडक दुई लेनका रूपमा निर्माण गर्ने गरि काम अघि बढे पनि विगत सात महिनादेखि काम ठप्प छ।
प्रदेशका अधुरा योजनालाई बजेट अभाव
बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा प्रदेश सरकारको सडक पूर्वाधार विकास कार्यालयअन्तर्गत मानखोला मन्दिरदेखि सूर्योदय माविसम्म पक्की सडक निर्माणका लागि गत आर्थिक वर्ष २०७८/७९ मा ४० लाख रुपियाँ बजेट विनियोजन भयो। ३० लाख ५७ हजार रुपियाँमा ठेक्का सम्झौता भयो। आर्थिक वर्षको अन्त्यतिर योजना सुरु भएका कारण सो वर्ष सानो कल्भर्ट र ग्राभेलको काम मात्रै भयो। हालसम्म १५ लाख ९३ रुपियाँ भुक्तानी पनि भएको छ। तर, योजना अलपत्र भएका कारण स्थानीय बासिन्दा कहिले निर्माण कम्पनी त कहिले जनप्रतिनिधि कहाँ धाइरहँदा समेत थप काम सुरु हुन सकेको छैन।
दाना उत्पादन गर्दै कुखुरा विकास फार्म
बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा (अन्डा उत्पादन गर्ने माउ)का लागि दाना उत्पादन सुरु गरेको हो । यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो ।
थारु कला संस्कृतिको संरक्षण भएन : मन्त्री चौधरी
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु समुदायका परम्परागत, भेषभुषा संरक्षण तथा थारु परिकारको प्रचार प्रसारसँगै संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो ।
विद्यार्थीलाई न्यानो सुइटर वितरण
कपिलवस्तुमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो सुइटर वितरण भएको छ । जिल्लाको शिवराज नगरपालिका ६ र बुद्धभूमि नगरपालिका वडा नम्बर २ ले साना बालबालिकालाई सुइटर वितरण गरेको हो ।
तिलोत्तमाका एक सय १० घरधुरीलाई लालपुर्जा वितरण
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ।
पाल्पा बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो
गए राति भएको बस दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको थियो ।
चिसोबाट जोगाउन दाउरा
केही दिनयता चिसो बढेपछि बाँकेको नेपालगञ्ज लगायतका विभिन्नस्थानको जनजीवन प्रभावित भएको छ। चिसोबाट आम नागरिकलाई राहत पु-याउन नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र दाउरा वितरण गर्न सुरु गरेको छ। केही दिनयता चिसो अत्याधिक बढेपछि आगो ताप्न सहज होस् भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरिएको वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रमोद रिजालले बताउनुभयो। “सर्वसाधारण र सेवाग्राहीहरूको भीडभाड बढी हुने स्थान र कार्यालयमा पहिलो चरणमा दाउरा वितरण गरिएको छ,” प्रवक्ता रिजालले भन्नुभयो– “हरेक वर्ष चिसोमा नगरभित्र दाउरा वितरण हुँदै आएको छ।”
बालबालिकामा देखियो दादुरा
नेपालगञ्जमा दादुराका कारण एक बालकको ज्यान गएको छ। करिब २७ भन्दा बढी बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले दादुराका कारण सलामत शेषका साढे दुई वर्षका छोराको मृत्यु भएको बताउनुभयो। विभिन्न वडामा १५ वर्षमुनिका २७ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै उहाँले सङ्क्रमितमध्ये अधिकांशले दादुराको खोप नलगाएको पाइएको बताउनुभयो। स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ५, ७, ८, १०, १५ र २२ नम्बरमा दादुराका बिरामी बढी देखा परेका छन्। सुरुमा नेपालगञ्ज–७ मा एकै परिवारका पाँच बालबालिकालाई ज्वरो आएसँगै शरीरमा बिमिरा देखिएपछि परीक्षण गराउँदा दादुरा पुष्टि भएको थियो। त्यसपछि ज्वरो आएर र बिमिरा निस्किएका धेरै बालबालिका अस्पताल र चिकित्सकहरूको क्लिनिकमा आउने गरेका छन्।
पाल्पाको खुर्सानेमा बस दुर्घटना, छ जनाको मृत्यु
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने नजिकै बिहीबार राति ९३० बजे राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।
विजयनगरमा निःशुल्क आँखा उपचार शिविर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
भालुबाङ–चकचके सडक दैनिक ६ घण्टा बन्द हुने
दाङको भालुबाङ–प्युठान सडक खण्डमा पर्ने भालुबाङ चकचके सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पुस २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
नेपाली सेनाको गरिमा उच्च राख्न निर्देशन
नेपाली सेनाको श्री नं .४ बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगञ्ज राँझाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले ज्ञान सीपको अधिकतम प्रयोग गरी दक्षता हासिल गर्दै सेनाको गरिमा उच्च राख्न निर्देशन दिनुभएको छ ।
दुई लाख ३० हजार भारतीय र २३ हजार विदेशी पर्यटकले गरे लुम्बिनी दर्शन
लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०२२ मा ९६ वटा मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक आएका छन् । कोरोना महामारीको चेपुवामा परेको सन् २०२१ को तुलनामा सन् २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक आएका हुन् ।
सात दिनभित्र लुम्बिनीमा सरकार गठन गर्न आह्वान
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
छात्रालाई साइकल
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ ।
‘पोजिटिभ प्रेसर’ आईसीयू निर्माण
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ। सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आईसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ। आईसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो। सो अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शय्याको ‘पोजिटिभ प्रेसर’ आईसीयू सञ्चालनमा ल्याइने बताउनुभयो।
पुरातात्त्विक सम्पदामा पक्की संरचना
कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित निकायको अनुमतिबिना पक्की संरचना निर्माण गरिएको छ। कुनै पनि ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। तर लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो।
लोप हुँदै कुँडुले घर
गाउँबस्तीका परम्परागत कुँडुले (घुमाउरा) घर लोप भएका छन्। पछिल्लो समय घर निर्माणमा जस्तापाता र कङ्क्रिट ढलान प्रयोग बढेपछि पाल्पाका ग्रामीण क्षेत्रमा रहेका परम्परागत कुँडुले घर लोप भएका हुन्। ढुङ्गा, माटो र खरले छाएका परम्परागत कुँडुले घर पछिल्लो समय लोप भएको पाल्पाका स्थानीयको भनाइ छ। कुँडुले घर बस्न स्वास्थ्यको दृष्टिकोणले उपयुक्त भए पनि आधुनिक सामग्री प्रयोगले यस्ता घर लोप भएको निस्दी–६ का वडाध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो।
क्रसर उद्योगमा कडाइ
जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणीकरण गराएको पत्र र उद्योग नवीकरणसम्बन्धी कागजात १५ दिनभित्र पेस गर्न उद्योगहरूलाई पत्राचार गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
ट्याक्टरले किच्दा सहचालकको मृत्यु
जिल्लाको पूर्व खोला–३, कमेरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व खोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उत्कृष्ट उद्योग र उद्यमी पुरस्कृत
बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनीमा तीन जना महिला उद्यमीले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट महिला उद्यमीका रूपमा पाल्पाली मदनपोखरा ढाका उद्योग, पाल्पाका शितम भण्डारी, प्रेम अल्लो (पुवा) धागो तथा तयारी पोसाक उद्योग दाङका प्रेमकुमारी पुन र आईटी स्टिल स्ट्रक्चर सोलुसन प्रालि रुपन्देहीका सृष्टि गुरुङ पुरस्कृत हुनुभएको हो । यसैगरी उत्कृष्ट उद्योगतर्फ ट्रन्सवेल्ड नेपाल (ट्रान्सफर्मर) काठमाडौँले प्रथम स्थान हासिल गरेको छ भने कपिलवस्तु ग्लास फाइबर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा सिया स्टिल इन्डस्ट्रिज प्रालि नवलपरासीले तेस्रो स्थान प्राप्त गरेको छ । सान्त्वना उद्योग पुरस्कार ग्लोबल इन्टेरियर तथा काष्ठ उद्योग रुपन्देही र मन उड इन्डस्ट्रिज ओमसतिया गाउँपालिका रुपन्देहीले पाएका छन् ।