• ९ जेठ २०८१, बुधबार

हाम्रो सम्पदा

मौर्यकाली जोडी स्तुपा, धम्नीहवा

blog

कपिलवस्तु, पुस २३ गते । कपिलवस्तुको मौर्यकालीन ऐतिहासिक स्थल तिलौराकोट नजिक अर्थात् ५ सय मिटरको दुरीमा बाणगंगा नदी किनारमा ऐतिहासिक स्थल धम्नीहवा अर्थात् तिलौरी रहेको छ । जसलाई स्थानीयहरूले तिलौरीको नामले चिन्ने यस स्थलको केही गहिरो भागमा जोडी स्तुपा रहेको छ । सँगै मौर्यकालीन स्तुपा जोडी रहेको छ । 

यसको उत्खनन पुरातत्त्व विभागले सन् १९६८ र १९६९ का बीचमा गरेको हो । नेपाली पुरातत्त्वविद् वि. के. रिजालले स्तुपहरु बुद्धका मातापिताहरुको स्मरणमा बनाइएको हुनसक्ने बताएका छन् । ठूलो स्तुपा ५२ फिट डायमिटर भएको  गौतमबुध्दका पिता राजा शुद्धोधन र सानो स्तुपा २६ फिट डायमिटर भएको चाही गौतम बुद्धका माता रानी मायादेवीप्रति समर्पित गरिएको हुन सक्छ । टी. एन. मिश्रले ठूलो स्तुप सम्भवतः चौथो शताब्दीमा निर्माण गरिएको हुन सक्ने बताएका छन् । ठूलो स्तुप चार चरणमा निर्माण भएता पनि सानो स्तुप एकै चरणमा निर्माण गरिएको विश्वास गरिएको छ।

उत्तरी नगर परिसर र जोडी स्तुपले तिलौराकोट पुरातात्त्विक अवशेषहरू नगरको पर्खालभित्र मात्रै सीमित नभएको प्रस्ट पार्दछन् । उत्तरी नगर परिसरमा गरिएको जमिनको सतहभन्दा भित्रका पुरातात्त्विक वस्तुहरूको भूभौतिक सर्वेक्षणले पुरिएका संरचनाहरू देखाएको छ। तथापि, उत्तरी स्तुप वरिपरिको क्षेत्रको धेरै भाग भने खाली रहेको देखिन्छ, यसले सम्भवतः स्मारकहरूको पवित्रतालाई प्रतिबिम्बित गर्दछ।