करोडभन्दा बढीको लगानीमा आधुनिक कुखुरापालन
कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका युवराज अधिकारी लेयर्स कुखुरा पालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । एक दशक अघिदेखि कुखुरा पालन गर्दै आएका अधिकारीले वैदेशिक रोजगार त्यागेर कृषि पेसा अंगाल्नु भएको थियो ।
पाल्पामा धान उत्पादनमा वृद्धि
यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।
ट्राफिक व्यवस्थापन गर्दै बुटवल उपमहानगर
बुटवलमा ट्राफिक व्यवस्थापनमा नगरपालिकाको चासो बढाएको छ । अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने निर्णय समेत भएको छ ।
एउटै वडाबाट तीन सांसद बन्दै
पुथाउत्तरगङ्गा गाउँपालिका–१० को एउटै वडाबाट तीन जना सांसदका लागि चयन हुनुभएको छ। उहाँहरू फरक–फरक पार्टीबाट समानुपातिक सांसदमा सिफारिस हुनुभएको हो। नेपाली कांग्रेसबाट आदिवासी जनजाति महिलातर्फ प्रतिनिधि सभाको समानुपातिकबाट कुसुमदेवी थापा बुढामगर, नेकपा (माओवादी केन्द्र)बाट आदिवासी जनजाति महिलातर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकमा दिलकुमारी बुढामगर र नेकपा (एमाले)बाट आदिवासी जनजाति महिलातर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकमा सरिका पुनमगर सांसदका लागि अन्तिम सिफारिसमा पर्नुभएको हो। उहाँहरू तीनै जना पुथाउत्तरगङ्गा–१० निवासी हुनुहुन्छ।
भ्रष्टाचारीलाई आजीवन कारागारको व्यवस्था हुनुपर्छ : प्रदेश प्रमुख शेरचन
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएको बताउनुभएको छ। भ्रष्टाचार त्यसको नियन्त्रण अब सबैको साझा ऐजेन्डा बन्नुपर्ने उहाँको भनाइ छ।
'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०७८’ पहाडीलाई
मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ ।
भाडा घटाउन माग गर्दै उद्योगीहरू आन्दोलित
बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गाको भाडा वृद्धि गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेको छ ।
हनी ट्रयापको आरोपमा दुई महिलासहित तीन पक्राउ
दाङमा प्रहरीले हनी ट्रयापमा पारेर पैसा बार्गेनिङ गरेर लिने गरेको आरोपमा दुई जना महिलासहित तीन जना पक्राउ परेका छन् ।
सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा
जिल्ला अस्पतालका रूपमा रहेको भैरहवास्थित भीम अस्पतालको प्रशासनिक व्यवस्थापन र सेवा सुविधा गुणस्तरीय र प्रभावकारी बन्दै गएको प्रदेश सरकारको अध्ययनले देखाएको छ ।
तोरी फुलेपछि....... (फोटो फिचर)
कपिलवस्तुका उत्तरी भेगका बस्ती पहेँलै छ अनि आहा चिटिक्क पनि देखिएको छ । बस्ती आसपासका खेतबारी तोरी फुलेर पँहेलाम्मै देखिएका छन् । कृषकहरू झार गोड्ने र बेथेको साग टिप्न व्यस्त छन् ।
मलको न्यून मौज्दात
बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाइ मात्रै हो । बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।
विमानस्थलमा सुरक्षा चुनौती
कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् ।
क्षमताभन्दा बढी यात्रु बोक्छन् सवारीसाधन
गुल्मीका ग्रामीण भेगमा चल्ने सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्दासमेत सरोकारवाला निकाय मौन रहेको पाइएको छ। सदरमुकाम तम्घासदेखि इस्मा गाउँपालिकाको दोहोलीतर्फ जाँदै गरेको लु १ ज ३८५४ नम्बरको जिपभित्र खचाखच यात्रु, छतमा अत्यधिक सामान र यात्रुहरू बोकेर कच्ची सडकमा यात्रा गरेको पाइयो। यो त एउटा उदाहरण मात्रै हो। ग्रामीण क्षेत्रका कच्ची सडकमा यात्रुहरूले जोखिम मोलेरै सवारीको छत र सवारीभित्र खचाचखच बसेर यात्रा गर्ने गरेका छन्। सदरमुकाम तम्घासदेखि पश्चिमी क्षेत्रतर्फ चल्ने जिपहरूले क्षमताभन्दा बढी सामानहरू बोक्ने र यात्रुहरू राखेर कच्ची सडकहरूमा यात्रा गर्दा समेत नियामक निकाय मौन छन्। सदरमुकामबाटै सामान र क्षमताभन्दा बढी यात्रुहरू राखेर जाँदासमेत ट्राफिक प्रहरी र नेपाल प्रहरीले देखेको नदेख्यै गर्नु लज्जास्पद भएको
शान्ति नमूनालाई अन्तरविद्यालय क्रिकेटको उपाधि
भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ ।
रकम अभावका कारण लखन थापा रंगशाला अलपत्र
गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ ।
अस्पताल आफैँले पैसा थपेर पाठेघरको अप्रेसन
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।
घाँस खेतीबाट वार्षिक २० लाख रुपियाँ गोकर्णकाे आम्दानी
गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ ।
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ ।
दाउराको उज्यालोमा प्रसूति सेवा
रुकुमपूर्वको सबैभन्दा बढी सुत्केरी हुने सिस्ने स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आधारभूत आवश्यकताका सामानसमेत अभाव छ। राति आएका बिरामी, सुत्केरी हुने र गर्भवतीको उपचार गर्नु परेमा दाउरा बालेर सेवा दिनुपर्ने अवस्था छ। ‘बर्थिङ सेन्टर’मा कार्यरत अनमी राधिका केसीले गर्भवती जाँच र सुत्केरी सेवा दाउरा बालेको उज्यालोकै भरमा दिने गरेको बताउनुभयो। उहाँले दुर्गमका गर्भवती महिलाले भोग्नु परेका समस्या र न्यूनतम आधारभूत सामग्रीको अभावमा बर्थिङ सेन्टरमा उच्च जोखिम मोलेर सुत्केरी गराउँदा निकै सकस हुने गरेको पीडा पोख्नुभयो।
बगैँचाबाटै सुन्तला बिक्री
अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् । यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् ।
सडक विभागको बदमासी : पुल निर्माणमा तीन पटक थपियो म्याद
तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणका लागि तीन पटक म्याद थप गरिएको छ । सडक विभागको बदमासीका कारण सात वर्ष बितेपनि अझै पुल निर्माण हुन सकेको छैन ।
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
जिल्लाको बगनासकाली–३, आर्यभाङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सुन्तला भण्डारण गर्न समस्या
रुकुमपूर्वको सिस्ने गाउँपालिका–८, सुनखानाका सबैजसो घरमा सुन्तलाको बगैँचा छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक तीन/चार लाख रुपियाँसम्म पनि आम्दानी गर्दै आएका छन् । यस वडाका झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखाना र भुरुङ्गालगायतका ठाउँमा सुन्तला पाकेर पहेँलपुर भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याइ छ । यहाँका प्रत्येक किसानको बगैँचामा यस पटक राम्रै उत्पादन भएको छ । राम्रो फलेका कारण यस वर्ष राम्रै आम्दानी हुनेमा यहाँका किसान आशावादी देखिन्छन् । तर, शीतभण्डारको अभावले सस्तोमा बेच्नुपर्ने बाध्यता किसानको छ ।
शिवराज नगरपालिकाका १४७ जनालाई लालपुर्जा वितरण
शिवराज नगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने १४७ जनालाई लापुर्जा वितरण गरिएको छ।