• ११ असोज २०८१, शुक्रबार

शिवराज नगरपालिकाका १४७ जनालाई लालपुर्जा वितरण

blog

लालपुर्जा वितरण गरिँदै। तस्बिर : नारद कोहार।

नारद कोहार

तौलिहवा, मङसिर २३ गते। शिवराज नगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने १४७ जनालाई लापुर्जा वितरण गरिएको छ। 

नगरपालिका २ को बालापुर, मद्रहवा ओझवा र हरहट्टी गाउँका १४७ जनालाई लालपुर्जा वितरण गरिएको हो। सो जग्गाधनी दर्ता प्रमाण पुर्जा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा र वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर चौधरीले संयुक्त रुपमा वितरण गर्नु भएको हो। 

लामो समयदेखि बसोबास गरे पनि लालपुर्जा नहुँदा बेचबिखन र अंशवण्डमा समस्या रहेको देखिएपछि लालपुर्जा वितरण गरिएको नगर प्रमुख अजय थापाको भनाइ छ 

वर्षौँदेखि भोगचलन गर्दै आएका स्थानीयलाई स्थानीय तहले बसोबास प्रमाणितको सिफारिस गरेको आधारमा पुर्जा वितरण गर्न लागिएको मालपोत कार्यालय कपिलवस्तुका प्रमुख ऋषिराम पोखरेलले जानकारी दिनुभयो। 

उहाँका अनुसार २०२९ सालमा जिल्लामा सर्वे हुँदा गाउँहरु रहेको ठाउँलाई नापी गर्न समस्या भएपछि कित्ता काय गरिएको थियो। पुस्तौंदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भएको शिवराज नगरपालिका २ का किरण अहिर बताउनुहुन्छ।