• २० असोज २०८१, आइतबार

नेकपा एमालेको लुम्बिनी संसदीय दलको नेतामा गिरी

blog

दिवाकर पोख्रेल

देउखुरी, पुस १८ गते । नेकपा [एमाले]को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लीला गिरी चयन हुनु भएकाे छ । दाङको देउखुरीमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत रूपमा संसदीय दलका नेता चयन गरेको हो । 

संसदीय दलको नेतामा गिरीसँगै चेतनारायण आचार्यले पनि चासो देखाएपछि पार्टीका केन्द्रीय महासचिवकै सहभागिता गराएर सहमतिको प्रयास गरिएको हो । गिरी संसदीय दलको नेता भएपछि नेकपा एमालेलाई लुम्बिनी प्रदेशको  नेतृत्व गर्ने अवसर मिले मुख्यमन्त्रीको दाबेदार हुनुभएको छ । 

आइतबार महासचिव शङ्कर पोख्रेलले लुम्बिनी प्रदेशमा एमालेको सशक्त उपस्थिति रहेकाले लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने बताउनुभएको थियो ।