साताका सात तस्बिर
कुलेखानी क्षेत्रमा रहेको झोलुङ्गे पुल हुँदै विद्यालय जाँदै गरेका बालबालिका ।
प्रथम शहीद लखन थापा स्मृति पार्क (फोटो फिचर)
गोरखाको काहुले भंगार, बुंगकोटमा नेपालका प्रथम शहीद लखन थापा मगरको स्मारक स्थल निर्माण गरिएको छ । लखन थापा मगरको जन्मस्थल समेत रहेको यहाँ थापाले विद्रोहको सुरुवात गरेका थिए ।
छ सय विद्यार्थीद्वारा ओलम्पिक मेडल पेन्टिङ (फोटो फिचर)
विश्व ओलम्पिक दिवसको अवसरमा बिहीबार वसन्तपुरको डबलीमा छ सय बालबालिकाले मेडल पेन्टिङ गरेका छन् । दुई वर्षदेखि छ वर्षसम्मका बालबालिकाले ओलम्पिक मेडलको पेन्टिङ गरेका हुन् ।
अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै (फोटो फिचर)
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज (बुधबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
हेंवा खोलाको वितण्डा
पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका -७ मा पर्ने हेंवा खोलामा शनिबार राति आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति ।
साताका सात तस्बिर
धनकुटाको पाख्रिबास नगरपालिका–५ मा रहेको रमणीय रुपटार
प्राचीन देउलिंगेश्वर महादेव (फोटो फिचर)
जिल्लाको बिगु गाउँपालिका वडा नं. १ मा अवस्थित प्राचीन देउलिंगेश्वर महादेवको मन्दिर प्राचीन मात्र नभएर भक्तजनका लागि समेत प्रख्यात मानिन्छ। यो मन्दिर दोलखाको गोंगर नजिक बायाँ तर्फको उच्च पहाडी भेगमा रहेको छ।
काठमाडौंमा मगर समुदायले मनायो भूम्या (फोटो फिचर)
भूमिको पूजा गरेर मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन्। यो पर्व काठमाडौंमा तीन दिनसम्म मनाइन्छ।
अनामनगरको सार्वजनिक जग्गामा महानगरले चलायो डोजर (फोटो फिचर)
काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् ।
साताका सात तस्बिर
दैलेख जिल्लाको उत्तर भेगमा पर्ने महावु गाउँपालिका वडा नम्बर ६ मा पर्ने रानी वन । यो साबिकको रानी वन गाविसमा पर्छ ।
कपिलताल अर्थात् घोडाघोडी मन्दिर (फोटो फिचर)
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ को सुखडमा अवस्थित घोडाघोडी मन्दिर भक्तजनका लागि प्रख्यात मानिन्छ । यो मन्दिर पूर्वपश्चिम राजमार्गको दक्षिण भागमा राजमार्गको किनारमा रहेको छ ।
शनिबार सङ्कटा मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)
राजधानीको नयाँ सडकको टेवहालस्थित सङ्कटा मन्दिरमा शनि दशा पन्छाउन विश्वासका साथ शनिबार भक्तजनको भीड लागेको छ।
रेलिगेसनबाट जोगियो फ्रेन्ड्स क्लब (फोटो फिचर)
विभागीय टोलि नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब कुपन्डोल सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबुलकारको उद्घाटन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
सारसले सुरम्य जगदीशपुर जलाशय (फोटो फिचर)
जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ ।
पनौती जात्राको सन्देश : सृष्टि चलाउन यौनकर्म (फोटो फिचरसहित)
हरेक वर्ष जेठ शुक्लद्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ।
काँठ क्षेत्रको धान रोपाइँ (फोटो फिचर)
राजधानी नजिकैका काँठ क्षेत्रमा अहिले किसान धान रोप्न व्यस्त छन्।
प्रख्यात रामेश्वर मन्दिर (फोटो फिचर)
गोरखाको पादेली वा पोखरी थोकको चोकमा अवस्थित रामेश्वर मन्दिर प्रख्यात मन्दिर मध्ये एक हो । दर्शनार्थीको भीड लाग्ने यस मन्दिरको निर्माण वि.स. १६९३ मा राजा राम शाहले गराउन लगाएको इतिहास छ ।
तस्बिरमा राष्ट्रिय ललितकला प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय ललितकला प्रदर्शनी सञ्चालन गरेको छ
कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीड (फोटो फिचर)
कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढाएको छ।
तस्बिरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दोस्रो दिन
चार दिवसीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिनुभएको छ ।
एनआरटीमाथि पुलिसको प्रतिस्पर्धात्मक जित
विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) क्लबमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो ।
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
भुमे पूजामा लिङ्गो जुधाई प्रतियोगिता (फोटो फिचर)
म्याग्दीको रघुगङ्गा गाउँपालिका –४, दग्नाममा परम्परागत रुपमा प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको अवसरमा आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा दुवै गाउँ बराबरी भएका छन् ।