• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

दैलेख जिल्लाको उत्तर भेगमा पर्ने महावु गाउँपालिका वडा नम्बर ६ मा पर्ने रानी वन । यो साबिकको रानी वन गाविसमा पर्छ । यो छामघाट खोलाको जलाधार क्षेत्र हो । तस्बिर: विशाल सुनार

कपिलवस्तुको जगदिशपुर चरा आरक्षमा देखिएका सारसको बथान । तस्बिर : जानु पाण्डे 


बागलुङको काठेखोला गाउँपालिका –३ स्थित धम्जागाउँ। पछिल्लो समय स्थानीय बसाइँसराई गरेर बजार क्षेत्रमा जान थालेपछि गाउँ सुनसान बन्दै गएका छन्  । तस्बिरः डम्मर बुढामगर/रासस


बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन्। तस्बिरः दीपक बोहरा/रासस


संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै ।  पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिरः सुजन बज्राचार्य/रासस


म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटक बढेका छन् । तस्बिरः कमल खत्री/रासस


कास्कीको अन्नपूर्ण गाउँपालिका –११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो । तस्बिरः रामबहादुर थापा/रासस