• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

धनकुटाको पाख्रिबास नगरपालिका–५ मा रहेको रमणीय रुपटार । तस्बिर: सुजन बज्राचार्य/रासस

विद्युत उत्पादनको लागि पानीको प्रयोग भएपछि सुक्दै गएको कुलेखानी जलाशय क्षेत्र । पानी सुक्दै गएपछि कुलेखानी घुम्न आउने आन्तरिक पर्यटन भने घट्दै गएको स्थानीयको भनाइ छ । तस्बिर : सागर बस्नेत


गर्मी बढेसँगै दिउँसोको समयमा काठमाडौं वसन्तपुर क्षेत्रमा छाता मुनी बसेर क्युरियोका सामान बेच्न बसेका व्यापारी । तस्बिर : सागर बस्नेत


काठमाडौंको स्वयम्भुनाथ स्तुपा क्षेत्रमा पर्यटकले दिएको कोकाकोला खाँदै बाँदर । तस्बिर : सुजन गुरुङ 


ललितपुरस्थित सातदोबाटोस्थित सडक किनारमा फुलेको फूल । तस्बिर : विकाश द्वारे


नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बलकृष्ण खाण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई अदालतबाट केन्द्रीय कारागार सुन्धारातर्फ लाँदै प्रहरी । तस्बिर : कबिन अधिकारी  


संरक्षणको अभावमा रहेको दैलेखको दुल्लु नगरपालिका –५ मा रहेको पाथरनाउली कुवा । पाथरनाउलीमा भएको अभिलेख अनुसार विक्रम सम्वत १२७६ पुस महिनाको २ गते शुक्रबारका दिन खस राजा पृथ्वी मल्लको शासनकालमा देव वर्माले निर्माण गरेको पाथरनाउली । विशाल ढुङगाद्वारा निर्माण गरिएको नाउली खस साम्राज्यकालीन शिल्पकलाको अनुपम उदाहरण रहेको छ । तस्बिर : कमल शर्मा