• १६ चैत २०८०, शुक्रबार

तस्बिरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दोस्रो दिन

blog

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १८ गते । चार दिवसीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिनुभएको छ । बिहीबार उहाँले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ। 

यसैगरी प्रधानमन्त्री प्रचण्डले भारतका समकक्षी नरेन्द्र मोदीसँगसमेत भेटवार्ता गर्नुभएको छ । 


भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ।



भारतका उपराष्ट्रपति जगदीप धनखडसँगको शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुँदै । 


भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

    

हैदरावाद हाउसमा ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।


संयुक्त पत्रकार सम्मेलनमा भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्नेबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । 


हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलको भेटवार्ता । 


अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षरपछि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत निगमका अध्यक्ष नन्दलाल शर्मा । 


अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षरपछि नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला ।


भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ साथमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी। 


महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

तस्बिर : प्रदीपराज वन्त 

यो पनि पढ्नुहोस

नेपालगञ्ज एकीकृत जाँचचौकी सञ्चालनमा आयो

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता