राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
साताका सात तस्बिर
काभ्रेपलाञ्चोकको कोसिपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुको पाखो खेतमा धान खेतीले देखिएको हरियाली सुन्दर दृश्य ।
गोरखाको राधा बल्लभेश्वर मन्दिर (फोटो फिचर)
गोरखाको पोखरी थोकमा रहेको ऐतिहासिक राधा बल्लभेश्वर मन्दिर गोरखाकै पुरानो तीर्थस्थल मध्ये एक हो ।
खेतमा रमाउँदै किसान (फोटो फिचर)
तनहुँको व्यास नगरपालिका १० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्म्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको सङ्क्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ ।
परम्परागत ढुङ्गे घर
म्याग्दीको मङ्गला गाउँपालिका–३, स्थित रातो माटो र कमेरोले पोतिएका परम्परागत ढुङ्गे घरहरू ।
खोकनाका किसानलाई धान गोड्ने चटारो (फोटो फिचर)
ललितपुरको खोकनाका स्थानीय अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् ।
नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा (फोटो फिचर)
थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व
साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ ।
गलेश्वरधाममा दर्शनार्थीको भीड (फाेटाे फिचर)
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साताका सात तस्बिर
म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको नर्जा झरना । यो झरना गुर्जा, ढोरपाटन र गुरिल्ला पदमार्गको आकर्षण हो ।
दाङ देउखुरीको प्रख्यात नागेश्वरी मन्दिर
दाङको गोबरडिहा १ धानखोला, देउखुरीमा रहेको नागेश्वरी मन्दिर भक्तजनका लागि निकै नै प्रख्यात मानिन्छ ।
तस्बिरमा सीता दाहालको बिदाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
प्रधानमन्त्री प्रचण्डद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गर्नुभएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको हो ।
साउने सोमबारको व्रत आजदेखि सुरु
चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो ।
दोलखाको प्रख्यात धर्म धातु बौद्ध स्तुपा (फोटो फिचर)
दोलखाको प्रख्यात भीमेश्वर स्थानबाट ओर्लेर पश्चिमतिर लागेपछि लिस्तिटोलमा अवस्थित प्राचीन एवं आकर्षक धर्म धातु बौद्ध स्तुपा छ। यसलाई सेंग चैत्य वा सिंगोस्थान पनि भनिने गरिएको छ ।
स्वयम्भू महाचैत्य गजुर मर्मतको काम ६० प्रतिशत सकियो (फोटो फिचर )
स्वयम्भू महाचैत्यको गजुर मर्मत भइरहेको छ । २०७२ सालको भूकम्पले जीर्ण बनेको स्वयम्भू महाचैत्यको गजुर गत फागुनको हावाहुरीले खसेको थियो ।
दर्शनार्थी भीड लाग्ने बेहडाबाबा मन्दिर (फोटो फिचर)
कैलालीको धनगढी उप महानगरपालिका वडा नं १६ को उर्मारामपुरको जङ्गलमा रहेको प्रख्यात बेहडाबाबामा हिजोआज दर्शनार्थीको भीड लाग्ने गरेको छ । पहिले यो स्थानलाई बेडा भन्ने गरिन्थ्यो।
अध्यक्ष ओलीको धान रोपाइँ (फोटो फिचर)
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गर्नु भएको छ ।
रोपाइँ गरेर धान दिवस मनाइयो (फोटो फिचर)
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गर्नुभएको छ ।
आज देशभर बकर इद मनाइँदै (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई धूमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
मोरङमा नागरिकता लिनेको भीड (फोटो फिचर)
जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कानुन बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । गएको सोमबारदेखि कार्यालयमा नागरिकता लिनका लागि सयौँ मानिसहरू लाइनमा बस्दै आएका छन् ।
तनहुँमा व्यावसायिक अङ्गुर खेती (फोटो फिचर)
तनहुँमा पहिलो पटक व्यावसायिक रूपमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ । परीक्षणका लागि लगाएको अङ्गुरमा फल लागेको हो ।
दिनहुँको धर्नाले कुरूप बन्दै माइतीघर (फोटो फिचर)
सडक सबैको साझा भए पनि सवारी चलाउन र पैदल हिँड्नका लागि बनाइएको स्थान हो । राजधानीको यातायात सहज बनाउन ठुलो धनराशि खर्चिएर सडक चौडा, फराकिलो र सुन्दर बनाउने काम हुनु पक्कै राम्रो हो ।
प्रथम बागमती प्रदेश युवा सम्मेलन सुरु (फोटो फिचर)
प्रथम बागमती प्रदेश युवा सम्मेलन-२०८० सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा मकवानपुरको हेटौँडामा सोमबार युवा सम्मेलन सुरु भएको हो ।