• ८ मंसिर २०८१, शनिबार

आज देशभर बकर इद मनाइँदै (फोटो फिचर)

blog

बकर इद (इदुल जोहा) को अवसरमा घण्टाघर स्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम धर्मालम्वीहरु । तस्बिर: केशब गुरुङ

काठमाडौं, असार १४ गते । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई धूमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिकविधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा काठमाडौंको घण्टाघर स्थित  नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।