• १३ साउन २०८१, आइतबार

परम्परागत ढुङ्गे घर

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ) ,साउन ५ गते । म्याग्दीको मङ्गला गाउँपालिका–३, स्थित रातो माटो र कमेरोले पोतिएका परम्परागत ढुङ्गे घरहरू । 

यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण जस्तापाताले छाएको र सिमेन्ट ढलान गरिएका पक्की घर निर्माण हुने क्रम बढ्दै गएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गाले छाएर रातो माटो र कमेरोले पोतिएका परम्परागत घरहरू पातलिँदै गएका छन् । 

पुर्ख्यौली सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका यी घरहरूले सबैलाई आकर्षित गरेको छ भने मौलिक परम्परा समेत संरक्षण हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।