• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

कुलेखानी क्षेत्रमा रहेको झोलुङ्गे पुल हुँदै विद्यालय जाँदै गरेका बालबालिका । तस्बिर : सागर बस्नेत


मकवानपुरको कुलेखानी क्षेत्रमा प्लास्टिक प्रयोग गरेर गरिएको तरकारी खेती । यसरी प्लास्टिकको प्रयोग गर्दा अनावश्यक झारपात उम्रन पाउँदैन ।  यसो गर्दा बालीलाई पर्याप्त पोषक तत्त्व उपलब्ध हुने कृषकको भनाइ छ । तस्बिर : सागर बस्नेत


नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार तारकेश्वर नगरपालिका –९ स्थित मनमैजुमा आयोजित योग महोत्सवमा योग गर्दै विद्यार्थी । तस्बिर : कविन अधिकारी


भक्तपुरको बिडोलफाँटमा धान रोपाइँ गर्दै किसान । तस्बिरः शेखर चौलागाई


बागलुङ नगरपालिका –१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । तस्बिरः डम्मर बुढामगर/रासस


ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पुर्‍याएको क्षति । बाढीले आठराई त्रिवेणी गाउँपालिका जाने सडक बगाएको छ भने खेल मैदान, हाट बजारको संरचनामा क्षति गरेको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस


मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि आवत–जावतका लागि फड्के निर्माण गर्दै नेपाली सेनाका टोली । फड्के नबनेसम्म घिर्नी सञ्चालन गरिएको थियो । हेवा खोलाको पुल बाढीले बगाएपछि पाँचथरका तीन वटा स्थानीय तह र ताप्लेजुङ जिल्ला राष्ट्रिय राजमार्गको बाहिर छन् । फड्के बनेपछि पैदल यात्रुका लागि आवतजावत सहज भएको छ । तस्बिर: रवीन्द्र काफ्ले/ रासस