• ६ वैशाख २०८१, बिहिबार

हाम्रो सम्पदा

प्रख्यात रामेश्वर मन्दिर (फोटो फिचर)

blog

पोखरी थोक (गोरखा), जेठ २० गते । गोरखाको पादेली वा पोखरी थोकको चोकमा  अवस्थित रामेश्वर मन्दिर प्रख्यात मन्दिर मध्ये एक हो । दर्शनार्थीको भीड लाग्ने यस मन्दिरको निर्माण वि.स. १६९३ मा राजा राम शाहले गराउन लगाएको इतिहास छ । 

राम शाहले यो मन्दिर बनाउन  लगाएका हुँदा यसको नाम पनि रामेश्वर रहन गएको हो। यो आकर्षक मन्दिर गुम्बज आकारको राजपूत शैलीमा निर्माण भएको छ। मन्दिरको गर्भ गृहमा जलहरी र शिवलिङग रहेको छ । मन्दिरको अगाडी ढुङ्गाको स्तम्भ माथि धातुको पृथ्वी पती शाहको सालिक स्थापना गरिएको हो।  यही मन्दिरको वरिपरि विभिन्न ऐतिहासिक मन्दिर र पोखरी समेत रहेका छन्।