• १३ साउन २०८१, आइतबार

रेलिगेसनबाट जोगियो फ्रेन्ड्स क्लब (फोटो फिचर)

blog

फ्रेन्ड्स क्लबका खेलाडिहरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २६ गते । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब कुपन्डोल सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा एपिएफलाई ४–० ले पराजित गर्दै फ्रेन्ड्स रेलिगेसनमा पर्न बाट जोगिएको हो । 

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरोरबेक उक्तामोभले एक एक गोल गर्नुभएको थियो । यस जितसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सको २६ खेलबाट ३० अङ्क पुगेको छ । पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम रहेको छ । 

शनिबार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग बराबरी वा हारको नतिजा निस्किएमा एपिएफ रेलिगेसनबाट जोगिनेछ ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।