सप्तरी २ प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा
सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मंडलबीच त्रिपक्ष्ीाय प्रतिस्पर्धा हुनेभएको छ ।
काठमाडौंमा जग्गाको कारोबार तुलनात्मक रूपमा घट्यो
पोहोरको तुलनामा यो वर्ष काठमाडौंमा जग्गाको कारोबार घटेको छ । गत आर्थिक बर्ष २०७८-७९ को असोज महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९-८० को असोज महिनामा घरजग्गा कारोबार ५७ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको विजय हुन्छ : नेता थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुनः सरकार बनाउने दावी गर्नुभयो ।
तारे होटल : बढ्दो लगानी, प्रतिफल अनिश्चित
काठमाडौं नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ ।
देशको विकास र समृद्धि नै मुख्य एजेण्डा : नेत्री घर्ती
नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैन : उपप्रमुख डङ्गोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।
सरकारले साख्वाको नाममा तीन जनालाई पुरस्कृत गर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ ।
उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन
प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् ।
समस्यामा पहिरो पीडित, चाडपर्वमा निराशा
आलिताल गाउँपालिका –७ बलौचा, ओबा र खिन्नेभाडी गाउँका ७५ परिवारले दशैँ, तिहार नमनाएको तीन वर्ष भयो । २०७७ कात्तिक महिनामा आएको वर्षाका कारण पहिरो जाँदा विस्थापित भएका ७५ परिवारको अझै अस्थाई टहरामा बास छ । चाडपर्व आउँदा आफूहरुलाई निराश गर्नेगरेको उहाँहरुको भनाइ छ ।