नेमकिपालाई गठबन्धन र एमाले उम्मेदवारको चुनौती
भक्तपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे (बासु), नेकपा (एमाले) का नवराज गेलाल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि
हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।
तिहारमा ढाकाटोपी उपहार
तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।
लागूऔषधसहित २१ जना पक्राउ
लागूऔषध नियन्त्रण ब्युरोले प्रतिबन्धित लागूऔषधसहित २१ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा लागूऔषध कारोबार भएको गोप्य सूचनापछि ब्युरोले विशेष अपरेसन सञ्चालन गरेको थियो । त्यस क्रममा खैरो हेरोइन, गाँजा तथा फर्मास्युटिकल ड्रग्स (औषधिजन्य लागूऔषध)सहित उनीहरू पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले खैरो हेरोइन, गाँजा तथा नियन्त्रित लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
प्रतिवेदनप्रति थारु आयोगको आपत्ति
थारु समुदायलाई मधेसी सूचीमा राखेको भन्दै थारु आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेसी आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा थारुलाई मधेसीमा सूचीकरण गरेको थारु आयोगको भनाइ छ ।
चर्को व्याजविरुद्ध राष्ट्र बैंकलाई ज्ञापनपत्र
रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको असर एव् व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
निर्वाचन प्रचारका लागि कमिटी गठन
नेकपा (एमाले) हुम्लाले आगामी मंसीर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडादेखि जिल्ला तहसम्म प्रचार प्रसार कमिटी तथा उपकमिटी गठन गरेको छ । सो पार्टीको पाँचौ बिस्तारित बैठकले विभिन्न कमिटी तथा उपकमिटी गठन गरेको हो ।
शोकमा डुब्यो मष्टा गाउँपालिका
बझाङमा सोमबार भएको जिप दुर्घटनाबाट दुई गाउँका ८ जनाको मृत्यु हुँदा मष्टा गाउँपालिका शोकमा डुबेको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।
शुक्रबारदेखि प्लाष्टिकजन्य फूलको बिक्री रोक्न अनुगमन हुने
वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।