खाली हुँदै वृद्धाश्रम
विगतमा भनसुनका साथ भर्ना गर्नुपर्ने पशुपतिस्थित सरकारी वृद्धाश्रममा अहिले सिट खाली छ । २३० जनाको दरबन्दी रहेको आश्रममा विगतमा तीन सय जनासम्म भर्ना भएका र अहिले ९९ जना मात्र आश्रममा छन् । तीमध्ये ६१ जना महिला छन् । अहिले १३१ जनाको सिट खाली छ ।
आगलागी पीडितलाई पाँच लाख रुपियाँ सहयोग
बलेफी गाउँपालिका –७ खाडीचौरस्थित हार्डवयर पसलका आगलागी पीडितलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । आगलागी पीडित बिदुर खड्कालाई संघमा आबद्ध ब्यापारी, ब्यबसायीले ५ लाख ४६ हजार ५५ रुपियाँ नगद सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कुशे गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु
जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएको छ । आज ( शनिवार) विहान घरमै वडाध्यक्ष घर्तिको मृत्यु भएको हो परिवारिक स्रोतले जानकारी गराएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नै घर कुशे ७ समाइलामा विहान एक्कासी टाउको दुःख्यो भनेर ओछ्यानमा पल्टिनुभएका घर्ति मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन ।
पहिरोले खेजेनिममा एक घर बगायो, बस्ती पूरै जोखिममा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले एक घर बगाएको छ । खेजेनिमको चाखु टोलका स्थानीय जीवन बाराकोटीको घर पहिरोले बगाएको हो । घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त चाखु बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौंलागाईका अनुसार गएराति (शुक्रबार राति) झरेको पहिरोले बाराकोटीको घर बगाएको हो ।
गोरखापत्रका प्रकाशनहरु खोज पत्रकारितामा केन्द्रित हुनुपर्छ
वरिष्ठ पत्रकारद्वय प्रकाश रिमाल र किरण नेपालले गोरखापत्र तथा दि राइजिङ नेपालसहित गोरखापत्र संस्थानका प्रकाशनहरू खोज पत्रकारितामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित सामग्री उत्पादनसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रममा शुक्रबार कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रिमालले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास र नवीनतम् प्रविधिको अधिकतम् प्रयोग गर्नुपर्ने बताउनुभयो ।
मुना मासिकका सम्पादक भट्टराईको बिदाइ
गोरखापत्र संस्थानको मासिक प्रकाशन मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईलाई संस्थान व्यवस्थापनले शुक्रबार सम्मानसहित बिदाइ गरेको छ । सम्पादक भट्टराई ५८ वर्ष उमेरहदका कारण संस्थान सेवाबाट बिदा हुनुभएको हो ।
पत्रकार महासंघ संस्थापक विषय चाँडो टुङ्गो लगाउन सुझाव
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा अझै वहस जारी रहेकाले त्यसको निक्र्यौल चाँडो गर्नुपर्ने धारणा सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिद्वारा विहीबार यहाँ आयोजित ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो धारणा राख्नुभएको हो ।
दुर्घटनामा टिप्पर चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।
फोहोर बोक्ने गाडीको अभाव
आवश्यक सवारीसाधनको अभावमा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । सवारीसाधनकै अभावमा बन्चरेडाँडावासीसँग सहमति भएको एक हप्ता बित्न लाग्दा पनि उपत्यकाको फोहोर अझै उठ्न सकेको छैन । घरघरमा तीन हप्तादेखि कोचिएर राखिएको फोहोर अझै सबै उठ्न सकेको छैन ।