• ७ जेठ २०८१, सोमबार

कुशे गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु

blog

मृतक वडाअध्यक्ष मानबहादुर घर्ति । तस्बिर –सहदेव बस्नेत, गोरखापत्र ।

सहदेव बस्नेत

जाजरकोट, असार ४ गते । जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएको छ । आज ( शनिवार) बिहान घरमै वडाध्यक्ष घर्तीको मृत्यु भएको हो पारिवारिक स्रोतले जानकारी गराएको छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नै घर कुशे ७ समाइलामा बिहान एक्कासी टाउको दुःख्यो भनेर ओछ्यानमा पल्टिनुभएका घर्ती मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन । 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको थियो । 

नेकपा माओबादी केन्द्र जाजरकोटका संयोजक टेकबहादुर रावलले वडा अध्यक्ष घर्तीको मत्युको खबरले ज्याँदै दुःखी बनाएको साथै पार्टीलाई क्षति पुगेको बताउनुभयो ।

यस अघिको २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित अध्यक्ष रामबहादुर शाही निर्वाचित भएको दुई वर्षमा मृत्यु भएको थियो ।