• ७ जेठ २०८१, सोमबार

आगलागी पीडितलाई पाँच लाख रुपियाँ सहयोग

blog

चित्र मिजार

सिन्धुपाल्चोक, असार ४ गते । बलेफी गाउँपालिका –७ खाडीचौरस्थित हार्डवयर पसलका आगलागी पीडितलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । आगलागी पीडित बिदुर खड्कालाई संघमा आबद्ध ब्यापारी, ब्यबसायीले ५ लाख ४६ हजार ५५ रुपियाँ नगद सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो । 

त्यस्तै, बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जिल्ला समन्वय समिति, गाउँ, नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षलाई सम्मान गरिएको संघका पूर्व अध्यक्ष बेदबहादुर श्रेष्ठले बताउनुभयो ।