• ३० फागुन २०८२, शनिबार

काभ्रेमा बहत्तर वटा योजना कार्यान्वयनमा

blog

बनेपा समाचारदाता 

बनेपा, फागुन ३० गते । बागमती प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकभित्रका १३ वटा स्थानीय तहमा रहेका ७२ वटा विद्यालयमा पूर्वाधार निर्माणका काम गरिने भएको छ ।  पूर्वाधार अन्तर्गत घेरबार, सभा हल, भवन तला थप, किरियापुत्री भवन निर्माण, आइसिटी ल्याब स्थापनालगायतका काम रहेको छ । प्रदेश सरकारले सामाजिक विकास कार्यालयमार्फत जिल्लाभित्र रहेका ७२ वटा विद्यालयमा विभिन्न काम गर्न लागेको हो । 

सामाजिक विकास कार्यालयका प्रमुख रनमाया फ्याकले चालु आवमा जिल्लामा रहेका ७० वटा विद्यालयमा पूर्वाधार विकास, तला थप, घेरबारलगायतको काम भइरहेको बताउनुभयो । उहाँले जिल्लाको पाँचखाल नगरपालिकाभित्रका तीन वटा विद्यालयमा घेरबार, दुई वटा विद्यालयमा पूर्वाधार निर्माण र एउटा विद्यालयमा सभा हल निर्माण गर्नका लागि ४५ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो । 

उहाँले मण्डनदेउपुर नगरपालिकाभित्र रहेकामध्ये एउटा विद्यालयको भवन निर्माण र दुई वटा विद्यालयमा पूर्वाधार निर्माण, दुई वटा सामुदायिक भवन निर्माणका लागि ५८ लाख ३९ हजार रुपियाँ, नमोबुद्ध नगरपालिकामा तीन वटा विद्यालयमा घेरबार, एउटा महिला, एउटा दलित भवन अधुरो निर्माण र एउटा सामुदायिक भवन निर्माणका लागि ५२ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको बताउनुभयो । 

चालु आवमा बेथानचोक गाउँपालिकामा भौतिक पूर्वाधारतर्फ तीन वटा विद्यालयमा घेरबार, भवन तला थप र शिक्षातर्फ कृष्णगोपाल माविमा आइसिटी ल्याब व्यवस्थापनका लागि ३५ लाख, तेमाल गाउँपालिकामा दुई वटा विद्यालयमा घेरबार तथा पूर्वाधार निर्माणका लागि १७ लाख ५० हजार रुपियाँ बजेट छुट्याइएको छ । 

जिल्लाको चौँरीदेउराली गाउँपालिकामा भौतिक पूर्वाधारतर्फ सात वटा विद्यालयमा घेरबार, भवन निर्माण, सभा हल निर्माण तथा शिक्षा र सामाजिक विकासतर्फ तारलामो आविमा आइसिटी ल्याब व्यवस्थापन, नेपाल अपाङ्ग पुनस्र्थापना केन्द्र तालिम सञ्चालन, मनोसामाजिक परामर्श किशोरी कार्यक्रमका लागि गरी कुल ८५ लाख ४० हजार बजेट विनियोजन भई कार्यक्रम सञ्चालन भएको छ । 

महाभारत गाउँपालिकामा विद्यालय घेरबार, शौचालय निर्माणका लागि ३६ लाख ४० हजार, खानीखोला गाउँपालिकामा पाँच वटा विद्यालयमा घेरबारका लागि ३५ लाख, भुम्लु गाउँपालिकामा चार वटा विद्यालयमा घेरबार र भवन निर्माण र सुधारिएको आरन कार्यक्रमका लागि ५८ लाख बजेट विनियोजन गरिएको छ । कार्यालयमार्फत धुलिखेल नगरपालिकामा भौतिक पूर्वाधार निर्माणतर्फ चार विद्यालयका लागि पूर्वाधार निर्माण, कम्पाउन्ड वाल, ब्रह्मकुमारी राजयोग सेवाका लागि पूर्वाधार विकास, सिपमूलक तालिम, सामुदायिक पुस्तकालयका लागि फर्निचर तथा पुस्तक खरिदका लागि कुल ५६ लाख रुपियाँ विनियोजन भएको कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिकामा पूर्वाधार निर्माणतर्फ ओम शान्ति भवन मर्मत, विद्यालयका लागि घेरबार, खानेपानी व्यवस्थापन, शिक्षा र सामाजिक विकासतर्फ शैक्षिक सुधार कार्यव्रmम, एकल महिला आयआर्जन कार्यव्रmम, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा गरिब तथा विपन्न वर्गका अपाङ्ग बालबालिका पुनस्र्थापनाका लागि ३० लाख १० हजार रकम विनियोजन गरी कार्यव्रmम अघि बढाइएको छ । 

सामाजिक विकास कार्यालयमार्फत प्रदेश सरकारले पनौती नगरपालिकामा विद्यालयमा विभिन्न शीर्षकमा ७७ लाख रुपियाँ विनियोजन गरेको छ । कार्यालय प्रमुख फ्याकले चालु आवमा सञ्चालन हुने योजना सम्झौता भई सुरु भएका केही योजना सम्पन्न भएको जानकारी आएको बताउनुभयो । उहाँले केही योजनाको काम सम्पन्न भएको जानकारी आए पनि ती योजनाको अनुगमन गर्न बाँकी रहेको बताउनुभयो ।