हुम्लामा सुुपथ मुख्यमा तेल र मैदा बिक्री
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखाबाट खाने तेल र मैदा बिक्री गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी लिमीटेडको प्रादेशिक कार्यालयद्वारा उपलब्ध भएको उक्त तेल र मैदा बिक्री गरिएको हो ।
फेरिदै रुम गाउँको मुहार
पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । विरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौंसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भएपनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।
पत्रकार हकहितमा कन्जुस्याँई गर्दैनौं : मन्त्री साह
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सरकार सञ्चार क्षेत्रलाई व्यवस्थि गर्नतर्फ ध्यान केन्द्रीत गरेकाले पत्रकार हकहितमा कुनै कन्जुस्याँई नगर्ने बताउनुभएको छ ।
बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो ।
मेघ गर्जन र चट्याङसहित वर्षा
नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधारणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।
मृतक पक्ष र प्रहरी बीचमा सहमतिः पाँच दिनपछि शव उठाउने
शिवराज ढुंगाना मंगलसेन, जेठ २५ गते । मृतक पक्ष र प्रहरीबीचमा सहमति भएपछि पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको पाँच दिनपछि शवको परीक्षण हुने भएको छ । शव परीक्षण, किटानी जाहेरी दर्ता र अनुसन्धान गर्नेमा मृतकका दाजु डम्बरबहादुर शाही र अछाम प्रहरीका प्रहरी निरीक्षक कैलाश विष्टबीचमा सहमति पत्रमा हस्ताक्षर भएपछि शव उठाउन पीडित पक्ष सहमत भएको हो । मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।प्रहरीले किटानी जाहेरी नलिएको भन्दै पीडित पक्षले शवको परीक्षण गर्न नमानेपछि हराएको सात र मृत फेला परेको चौंथो दिनमा विनोदको शव घटनास्थलमै रहेको थियो । हत्याराको कानूनी कार्वाहीको सुनिश्चितता नभएसम्म शव उठान पीडित पक्ष सहमति भएको थिएन । कार्वाही गर्न सभामुखको निर्देशन सभामुख अग्निप्रसाद सापकोटाले पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । बुधबारको प्रतिनिधिसभामा बैठकमा घटनाका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई कार्वाही प्रक्रिया अघि बढाउन सभामुखले निर्देशन दिनुभएको हो ।
बलान नदी कटान नियन्त्रणको प्रयास
सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले स्थानीयको उर्वर भूमि तथा डुवान गर्न थालेपछि नगरपालिकाले नियन्त्रणको प्रयासमा जुटेको छ ।
प्रधान सेनापति शर्मा र जापानी राजदूतबीच भेट
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापतिको कार्यालय जङ्गी अड्डामा बुधबार भेट भएको हो ।