बारामा करेन्ट लागेर एक जना बच्चाको मृत्यु
करेन्ट लागेर बारामा एक जना बच्चाको ज्यान गएको छ । ज्यान जानेमा परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरी निवासी उपेन्द्र प्रसाद पटेलको ११ वर्र्षीय छोरा प्रिन्स पटेलको ज्यान गएको हो ।
कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष पनि कर्णालीका वडा–वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू गर्ने भएको छ । चालू आर्थिक वर्षमा कर्णालीका ७१८ वटै वडामा उक्त कार्यक्रम लागू गरेको सरकारले आगामी आव पनि कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
तिनाउ नदीमा भारतीय युवकको शव फेला, एक बेपत्ता
तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । आइतबार दिउँसो ३ बजेतिर भारतबाट पाल्पाको तिनाउ–२, स्थित शिद्धबावा मन्दिरमा दर्शनका लागि आएका दुई जना भारतीय युवा पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।
पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहाेर
काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहाेर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।
कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहाेर व्यवस्थापन
कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
छ हजार निकायको विद्युतीय लेखा परीक्षण
नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणको सर्वोच्च संस्था महालेखा परीक्षकको कार्यालयले देशभर एकै पटक विद्युतीय लेखा परीक्षण सम्पन्न गरेको हो ।
प्रागैतिहासिक भूकम्पको अध्ययन
सुदूरपश्चिम नेपालमा प्रागैतिहासिक भूकम्पको अध्ययन सुरु गरिएको छ । खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले त्यस क्षेत्रमा कुनै पनि बखत ठूलो भूकम्प जानसक्ने अनुमानसाथ अध्ययन सुरु गरेको हो ।
सात वर्षदेखि असरल्ल पुस्तकालय
प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् । २०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । किताब असरल्ल छन् । कतिपय पुस्तकलाई चिस्यानले भेटिसकेको छ । पुस्तकालयभित्रका पुस्तकको सुरक्षाका लागि वैज्ञानिक उपचार विधि अपनाइएको छैन । विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भन्नुभयो, “पुस्तकलाई कपुर र पङ्खाको हावाले सुरक्षा गरिएको छ ।” पुस्तकमा चिस्यान नहोस् भनेर दिनभरिजसो नै पङ्खा चलाउने गरिएको छ ।
त्रियुगामा बाढीले विभिन्न स्थानमा तटबन्ध भत्कायो
उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि निर्माण गरिएको उच्च गुणस्तरको भनिएको तटबन्ध विभिन्न स्थानमा बाढीले बगाएको छ । सदरमुकाम गाईघाट हुँदै सप्तकोसीसम्म जोडिएको त्रियुगा नदी नियन्त्रण गर्न नेपाल सरकारले छुट्टै गुरुयोजना बनाएर काम गर्दैआएको छ ।