चुरे क्षेत्रमा खहरे नियन्त्रण प्रभावकारी बन्दै
“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” मूल नाराका साथ चुरे संरक्षण अभियान अन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ ।
बाघले आक्रमणबाट एक महिला घाइते
बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।
सिँचाइका लागि पर्वतमा ट्युववेल डिपबोरिङ
सिँचाइका लागि आकाशे पानी र वर्षे मुल कुर्नुपर्ने पर्वतको महाशिलाका कृषकलाई डिपबोरिङ प्रविधिबाट सिँचाइ सुबिधा हुनेभएको छ । जिल्लाको महाशिला गाउँपालिका ५ लंखुको बनपाखेमा पर्वतमै पहिलो पटक ट्युबवेल डिपबोरिङ सिँचाई आयोजना सञ्चालनमा आएसँगै कृषकहरु लाभान्वित हुने भएका छन् ।
फरक घटनामा दुुईको ज्यान गयो
नवलपरासी पूर्बमा बिभिन्न घटनामा शुुक्रबार दुुई जनाको ज्यान गएको छ । नवलपरासीपूर्बको मध्यविन्दु नगरपालिका १२ बेल्हानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५८ वर्षका उजी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।
खोलामा डुबेको बालकको शव फेला
खोलामा बेपत्ता हुनु भएको कैलालीको धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विकको शव आज फेला परेको छ । कैलारी गाउँपालिका –६ स्थित धर्मापुर मामाघर गएकोबेला गौकन्द्री खोलामा साथीसँग पौडी खेल्नेक्रममा विक वेपत्ता हुनुभएको थियो ।
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशभर आज मौसम आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज मौसम सामान्य बदली भई देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।
जनचेतनाकाे कमीले सुत्केरी हुँदा पनि गोठमा बस्नुपर्नेे बाध्यता
कर्णालीमा छाउपडी प्रथा उन्मुलनका लागि अभियानहरु सञ्चालनमा करौडौं रकम खर्च भए पनि अवस्था राम्रो हुन सकेको छैन । कर्णालीका ग्रामिण भेगमा सुत्केरी हुँदासमेत अहिले पनि गोठमा बस्नु बाध्यता कायमै छ ।
गुल्मीको खोला किनारमा बेवारिसे शव फेला
गुल्मीको बढीगाड खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ साहाघाटस्थित बढीगाड खोलामा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग अलपत्र
सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।