• २७ वैशाख २०८१, बिहिबार

फरक घटनामा दुुईको ज्यान गयो

blog

फाइल तस्विर

होमराज रानाभाट

कावासोती, असार १७ गते । नवलपरासी पूर्बमा बिभिन्न घटनामा शुुक्रबार दुुई जनाको ज्यान गएको छ । नवलपरासीपूर्बको मध्यविन्दु नगरपालिका १२ बेल्हानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५८ वर्षका उजी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ । 

गएराति आफ्नै घरको छत सफा गर्नेक्रममा छतमा रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर घाईते भई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि भर्ना गरिएको थियो । उपचारको क्रममा राती १ बजे कुुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्बका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुुभयो ।

मध्यबिन्दु नगरपालिका ६ टाँडी बस्ने कृष्ण कुमालको छोरा वर्ष ६ को सजल कुमालको सर्पको टोकाईबाट मृत्यु भएको छ । घर नजिकै खेल्नेक्रममा सर्पले टोकी गम्भिर बिरामी भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको थियो । 

उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा गए राती ३ बजे निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।