• १८ असार २०८१, मङ्गलबार

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौं, असार १७ गते । देशभर आज मौसम आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज मौसम सामान्य बदली भई देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।

प्रदेश १ का केही भूभागमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको पनि विभागले जानकारी दिएको छ। विभागले बर्षाका कारण उच्च जोखिममा रहेका क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।