• १५ असार २०८१, शनिबार

मृतक पक्ष र प्रहरी बीचमा सहमतिः पाँच दिनपछि शव उठाउने

blog

–पीडित पक्ष

शिवराज ढुंगाना 

मंगलसेन, जेठ २५ गते । मृतक पक्ष र प्रहरीबीचमा सहमति भएपछि पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको पाँच दिनपछि शवको परीक्षण हुने भएको छ । शव परीक्षण, किटानी जाहेरी दर्ता र अनुसन्धान गर्नेमा मृतकका दाजु डम्बरबहादुर शाही र अछाम प्रहरीका प्रहरी निरीक्षक कैलाश विष्टबीचमा सहमति पत्रमा हस्ताक्षर भएपछि शव उठाउन पीडित पक्ष सहमत भएको हो । 

मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

प्रहरीले किटानी जाहेरी नलिएको भन्दै पीडित पक्षले शवको परीक्षण गर्न नमानेपछि हराएको सात र मृत फेला परेको चौंथो दिनमा विनोदको शव घटनास्थलमै रहेको थियो । हत्याराको कानूनी कार्वाहीको सुनिश्चितता नभएसम्म शव उठान पीडित पक्ष सहमति भएको थिएन । 

कार्वाही गर्न सभामुखको निर्देशन 

सभामुख अग्निप्रसाद सापकोटाले पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । बुधबारको प्रतिनिधिसभामा बैठकमा घटनाका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई कार्वाही प्रक्रिया अघि बढाउन सभामुखले निर्देशन दिनुभएको हो ।