सात लाख ५० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौँमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको छ । खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विद्यालयलाई जापानको सहयोग
जापान सरकारले नेपालस्थित सङ्खुवासभाको विद्यालय निर्माण गर्न सघाउने भएको छ। सङ्खुवासभास्थित दुर्गम भेगमा जीर्ण अवस्थामा रहेको श्री हिमालयन माध्यमिक विद्यालयका कक्षाकोठा निर्माण गर्न जापानका तर्फबाट नेपालका लागि राजदूत किकुता याताका र सङ्खुवासभाको स्वयंसेवी संस्था एनपीओका अध्यक्ष लाक्पा नोर्बु शेर्पाबीच बिहीबार दुईपक्षीय सम्झौता भएको छ।
सयपत्री फूल टिप्दै
पाल्पा रामपुर नगरपालिका–४ स्थित देवीस्थान लगाइएको सयपत्री फूल टिप्दै व्यवसायी दिलबहादुर थापा र सुकमाया थापा ।
तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने
सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।
जिप दुर्घटनाका मृतकको सामुहिक अन्त्यष्टी
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्त्यष्टि गरिएको छ । मृतकका आफन्त तथा परिवारजनले हिन्दु संस्कारअनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् ।
सार्वजनिक बिदामा निर्वाचन खर्च विवरण बुझाउन सकिने : आयोग
निर्वाचन आयोगले सार्वजनिक बिदामा पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने व्यवस्था गरेको जनाएको छ । आयोगका समानुपाति निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई सो अवधिमा बुझाउन सक्ने निर्णय आयोगले गरेको जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फको एक करोड ५५ लाख मतपत्र छापियो, समानुपातिकको ढुवानी हुँदै
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक करोड ५५ लाख मतपत्र छापिएको छ ।
मङ्सिर ४ पछिको सरकारले रेलभन्दा तीव्र गतिमा विकास गर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले जनकपुरको रेलभन्दा तीव्र गतिमा विकासको काम शुरु गर्ने बताउनुभएको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना भएको छ। चुनावी प्रचारका क्रममा स्याङ्जा पुगेको उहाँ सवार बा १६ च ५४४९ नम्बरको गाडी दुर्घटना भएको हो।