ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण तुला राशिले हेर्नै नहुने
ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसहरुले हेर्नै नहुने खगोलविद् एवम् वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनुभयो ।
गाईको पूजा गरी मनाइयो गाई तिहार
नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज (मङ्गलबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआज गरेका हुन् ।
पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सम्पन्न
भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो ।
दीपावली गर्ने क्रममा काठमाडौंको तारकेश्वरमा आगलागी
काठमाडौं, कात्तिक ७ गते। दीपावली गर्ने क्रममा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा सोमबार साँझ आगलागी भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा अहिले साँझ आगलागी भएको हो। दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको हो।
पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
राधा लुइँटेलफिदिम, कात्तिक ७ गते। पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको छ। मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते हुनुभएको छ। सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
तिहारमा अत्यावश्यक सेवाका काम नियमित हुने : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन सर्वसाधारका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ ।
विश्वमा वार्षिक ७६ करोड ५० लाख किशोरीको बालविवाह
“गर्व गरौँ छोरी जन्माउनमा” मूल नाराकासाथ यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवस हालै मनाइएको छ । दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस, २०२२ मनाइ रहँदा कार्यक्रममा युनिसेफले गरेको एक विश्लेषणमा विश्वभर वार्षिक ७६ करोड ५० लाख बालिकाको बालविवाह हुनेगरेको देखिएको छ ।
भोट माग्न खेतबारीमा उम्मेदवार
बर्खेबाली भित्र्याउने समयमा निर्वाचन परेकाले मतदाताहरु खेतबारेमा व्यस्त भएकाबेला उम्मेदवारहरु भोट माग्न खेतबारीमै पुग्नुभएको छ ।
नेपालभाषाका सात भित्तेपात्रोले लिए पञ्चाङ्ग निर्णायक समितिसँग स्वीकृति
नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् । चान्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ ।