व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैन : उपप्रमुख डङ्गोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।
सरकारले साख्वाको नाममा तीन जनालाई पुरस्कृत गर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ ।
उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन
प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् ।
समस्यामा पहिरो पीडित, चाडपर्वमा निराशा
आलिताल गाउँपालिका –७ बलौचा, ओबा र खिन्नेभाडी गाउँका ७५ परिवारले दशैँ, तिहार नमनाएको तीन वर्ष भयो । २०७७ कात्तिक महिनामा आएको वर्षाका कारण पहिरो जाँदा विस्थापित भएका ७५ परिवारको अझै अस्थाई टहरामा बास छ । चाडपर्व आउँदा आफूहरुलाई निराश गर्नेगरेको उहाँहरुको भनाइ छ ।
बेपत्ता भएका पुरुष पोखरीमा मृत फेला
बनगाड कुपिन्डे नगरपालिका ७ मैदुपोखरीमा डुबेर बेपत्ता भएका ४० वर्षीय तिलक कामी मृत फेला पर्नुभएको छ । बेपत्ता भएको तीन घण्टापछि कामी पोखरीमै मृत भेटिएको प्रहरीले जनाएको छ ।
तिहारमा मौसम सफा रहने
मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैं मौसमी हिसाबले केही प्रभावित बनेको थियो ।
गाई संरक्षणका लागि मुठ्ठीदान अभियान
गुल्मीमा गाईहरुको संरक्षणका लागि मुठ्ठीदान अभियान सुरु गरिएको छ । जिल्लाको ऐतिहासिक, धार्मिक, पौराणिक, देवगीरी, एवम् अमृतभूमिको रुपमा परिचित रेसुंगा गौशालामा रहेका गाई संरक्षणका लागि मुठ्ठिदान अभियान सुरु भएको हो ।
सर्वोच्च अदालत बिहान ११ देखि दिउँसो ३ बजेसम्म खुल्ने
काठमाडौं, कात्तिक ८ गते। सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ।सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था छ। अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।
लोकसंस्कृतिका विषय विश्वविद्यालयमा समेट्नुपर्ने
सांस्कृतिक पर्व गौराजस्ता पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औंल्याइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्मजयन्तीको अवसरमा मंगलबार धनगढीमा आयोजित कार्यक्रममा सो कुरा औल्याइएको हो ।