• २ असार २०८१, आइतबार

सरकारले साख्वाको नाममा तीन जनालाई पुरस्कृत गर्ने

blog

भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान समारोहमा बोल्नुहँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठल । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ । 

शङ्खधर साख्वाको योगदानको विषयमा अध्ययन अनुसन्धान गर्नेलाई कदरस्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वलाई एक लाख रुपियाँका दरले पुरस्कृत गर्ने तयारी गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । बुधवार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभयो । 

शङ्खधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग गर्ने व्यक्तिलाई शङ्खधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । शङ्खधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सकेमा दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभयो  

उहाँले भन्नुभयो, ‘यो सबै नेपालीहरुका लागि गौरवको विषय हो । शङ्खधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्छ । नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वा हुनुहुन्छ ।’