अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताउनुभएको छ ।
प्रिन्ट भएको लाइसेन्स लिन नजाँदा यातायात व्यवस्था विभागमा लाइसेन्सको चाङ
एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर ‘म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो ।
सल्यानमा जिप दुर्घटना : आठ घाइते
सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदैगरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका १ सारपानी खोरबारेमा दिउँसो दुर्घटना भएको हो ।
काग सन्देश प्रवाहक प्राणी
काठमाडौं, कात्तिक ६ गते । हिन्दुहरूको महान् चाड तिहार (यमपञ्चक) आइतबारदेखि सुरु भएको छ। आज कात्तिक कृष्ण पक्ष त्रयोदशी धनवन्तरी दिवस अर्थात् कागको पूजासँगै तिहार सुरु भएको छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवर्द्धन) म्हःपूजा र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटिका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक भनिन्छ। काग तिहार अर्थात् आज तिहारको पहिलो दिन। आजबाट यमपञ्चक सुरु भएको मानिन्छ। आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन चल्दै आएको पाइन्छ। काग सन्देश प्रवाहक प्राणी संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार काग मानिसको मित्र हो। कागको पूजा गर्ने वा आज मिठो खान बोलाउँदा वर्षभर कागले आफ्नो घर आँगनमा सुखद खबर ल्याउने कामना गर्ने गरिन्छ। बली राजाको शासन कालदेखि नै काग तिहार मनाउने चलन रहेको उहाँको भनाइ छ। “नेपाली संस्कृति प्रकृतिपरक छ, जसको राम्रो उदाहरण हो काग तिहार। काग वातावरणलाई पनि सफा गर्ने प्राणीको रूपमा लिन सकिन्छ,” उहाँ भन्नुहुन्छ, “काग, कुकुर, गाई, गोरुलगायत अन्य प्राणीबाट मानिसले धेरै कुरा सिकेका छन्।” यसबाहेक कागलाई एक दुष्ट साथी पनि भन्ने गरेको श्रेष्ठ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “नेपाली समाजमा एक कथन छ। मित्रलाईभन्दा बढी शत्रुलाई नमस्कार गर्नुपर्छ। यसो गर्दा शत्रुबाट कुनै पनि किसिमको हानीनोक्सानी नहुने विश्वास गरेको पाइन्छ।”अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही अशुभ सन्देश ल्याएको वा केही नराम्रो घटना घट्दै छ भन्ने सोच राख्ने मानिस रहेको उहाँको भनाइ छ। यसैगरी कागलाई समूहमा मिलेर काम गर्ने भावनाको एक मात्र उदाहरणको रूपमा लिन सकिन्छ। म हैन हामी भएर अघि बढ्न् सके सबै राम्रो हुने भावना कागको समूहमा पाइन्छ। जस्तै, कागले कुनै खानेकुरा पायो भने एक्लै खाँदैन। हल्ला गर्छ र हल्लासँगै सबै कागले खान पाउने उहाँ बताउनुहुन्छ। कागमा एकताको गुणसंस्कृतिविद् ओम धौबडेलका अनुसार काग चलाख र सर्वभक्षी प्राणी हो। उनीहरूलाई केही घटना हुनु अगाडि नै थाहा हुन्छ। भूकम्प आउनुभन्दा पहिले काग र कुकुरले नै थाहा पाउँछ। धौबडेलका अनुसार नेपाली समाजमा कागलाई सन्देश प्रवाहक प्राणीको रूपमा लिने गरिन्छ। काग कराएको बेलामा ‘शुभ बोल शुभ बोल’ भन्ने चलन चल्दै आएको उहाँको भनाइ छ। काग कहाँ बसेर कस्तो आवाज निकालेको छ, जसले शुभ–अशुभको अनुमान लगाउन सकिन्छ।कागले मृत्युसम्बन्धी खबर दिने भएकोले त्यस समयदेखि तिहारमा कागलाई पूजा गर्ने परम्परा चलिआएको धौबडेल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यसबाहके कागमा एकताको गुण पाइन्छ। काग मिल्ने, हल्ला गरेर खाने वा समस्यामा पर्दा मिलेर समाधान गर्ने बानी देख्न सकिन्छ।”जन्म र मृत्युको विवरण राख्ने प्राणीसंस्कृतिविद् जगमान गुरुङका अनुसार कागको जीवन शैली घुमन्ते हो। हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका राजा यमराजले पृथ्वीका मानिसको जन्म र मृत्युको विवरण राख्ने गरेको पाइन्छ। पृथ्वी लोकका मृत्यु भएको मानिसको विवरण राख्ने काम कागले गर्ने धार्मिक मान्यता रहेको छ। आजको दिन कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा वर्षभर शुभ सन्देश ल्याउने विश्वास रहेको उहाँ बताउनुहुन्छ। यसरी वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गर्ने चलन रहेको छ।
तास र कौडा खेल्न प्रशासनको प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारका बेला कौडा, जुवा तास नखेल्न अनुरोध गरेको छ। तिहार, छठ तथा नेपाल सम्वत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न अनुरोध गरेको हो।
हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी सङ्गठनका लागि आवश्यक तालिम दिई प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
लिमीमा चुनावी प्रचार गर्न जान कठिन
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारका लागि उम्मेदवार तथा राजनीतिक दलहरुलाई लिमी जान कठिन भएकहिमपातले हिमालपारीको गाउँ लिमी जानेबाट अवरुद्ध भएपछि प्रचार अभियानमा जान कठिन भएको हो ।
सयपत्री फूलको माग बढ्यो
तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।