अध्यक्ष ओलीद्वारा बहिनीहरुबाट भाइटीका ग्रहण
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गर्नुभएको हो ।
धान काटेर खुवाउने परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी
तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
प्रधानमन्त्री देउवाले लगाउनुभएन भाइटीका
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन ।
करेन्ट लागेर एक युवकको मृत्यु
कैलालीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । गएराति घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय कमल बजगाइँको ज्यान गएको हो ।
बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण
बाजुराको हिमाली गाउँपालिका –४ बोर्ताका ११३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । असोज २३ देखि २६ गते सम्म लगातार परेको अविरल वर्षाताका कारण हिमाली गाउँपालिकाका झण्डै ११३ परिवारहरू बाढीपहिरोबाट प्रभावित बनेका थिए ।
सप्तरी २ प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा
सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मंडलबीच त्रिपक्ष्ीाय प्रतिस्पर्धा हुनेभएको छ ।
काठमाडौंमा जग्गाको कारोबार तुलनात्मक रूपमा घट्यो
पोहोरको तुलनामा यो वर्ष काठमाडौंमा जग्गाको कारोबार घटेको छ । गत आर्थिक बर्ष २०७८-७९ को असोज महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९-८० को असोज महिनामा घरजग्गा कारोबार ५७ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको विजय हुन्छ : नेता थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुनः सरकार बनाउने दावी गर्नुभयो ।
तारे होटल : बढ्दो लगानी, प्रतिफल अनिश्चित
काठमाडौं नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ ।