• २ असार २०८१, आइतबार

सप्तरी २ प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा

blog

देवराम प्रसाद यादव

सप्तरी कात्तिक ९ गते । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ ।

मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । त्यस्तै, यस क्षेत्रबाट नेमकिपाका विनादेवी यादव, नेपाली कांग्रेस (बीपी) का रामनारायण राय, हाम्रो नेपाल पार्टीका कन्हैयाकुमार ठाकुर, जनता प्रगतिशील पार्टीका सत्यनारायण मुखिया, राप्रपा नेपालका कालीचरण राय, राप्रपाका जयनारायण मण्डल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

यस्तै स्वतन्त्रतर्फ चन्द्रकला सिंह, पुनिताकुमारी ठाकुर, कामेश्वर मण्डल, रजत सिंह, रुपेश मण्डल, गिरिधर मण्डल र धीरेन्द्रकुमार साह पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस क्षेत्रमा कुल ४९ हजार ९ सय १८ मतदाता छन् । यहाँ ३८ वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र रहेको छ ।  यस क्षेत्रमा तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका तथा महादेवा गाउँपालिकाको ४ वटा वडा छन् ।