• २ असार २०८१, आइतबार

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको विजय हुन्छ : नेता थापा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुनः सरकार बनाउने दाबी गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेमा त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जनमतको कदर हुनेगरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उहाँको भनाइ छ । गएको पाँच वर्ष खेर गयो । अबको पाँच वर्ष खेर जान दिनुहुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो नेता थापाले भन्नुभयो । आगामी निर्वाचनपछि सङ्घ र सात वटा प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने उहाँले दाबी गर्नुभयो । 

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहो¥याउनुभयो । त्यसका लागि पार्टीभित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उहाँको भनाइ छ ।