• १२ असोज २०८१, शनिबार

करेन्ट लागेर एक युवकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, कात्तिक १० गते। कैलालीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।

गएराति घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर लम्किचुहा नगरपालिका–४ का १९ वर्षीय कमल बजगाईँको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो राति बत्ती बाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

उपचारको लागि लालरत्न अस्पतालतर्फ लग्दै गरेको अवस्थामा बाटोमा बजगाँइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।