• १४ असार २०८१, शुक्रबार

दीपावली गर्ने क्रममा काठमाडौंको तारकेश्वरमा आगलागी

blog

आगलागी भएको घर । तस्बिर : नारद गौतम

काठमाडौं, कात्तिक ७ गते। दीपावली गर्ने क्रममा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा सोमबार साँझ आगलागी भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा अहिले साँझ आगलागी भएको हो। 

दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको हो।