• १३ असार २०८१, बिहिबार

सार्वजनिक बिदामा निर्वाचन खर्च विवरण बुझाउन सकिने : आयोग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ४ गते । निर्वाचन आयोगले सार्वजनिक बिदामा पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने व्यवस्था गरेको जनाएको छ । आयोगका समानुपाति निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई सो अवधिमा बुझाउन सक्ने निर्णय आयोगले गरेको जानकारी दिनुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारले तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदनउपर जाँचबुझ गर्ने समयसीमा २०७९ कात्तिक ५ गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन आयोगले जनाएको थियो ।

आयोगले शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाइएको र रकम नबुझाउने उम्मेदवारहरुको हकममा सो नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।